महिनावारी भएका महिला कर्मचारीलाई तीन दिन बिदा दिने तयारी

एजेन्सी । इटालीको संसदले महिनावारी हुँदा महिला कर्मचारीलाई तीन दिन तलवी विदाको व्यवस्था गर्न लागेको छ । संसदले उक्त व्यवस्था सम्वन्धी कानून निर्माणको प्रक्रिया अघि बढाएको हो । यो कानून पास भएमा महिनावारी भएका बेला महिला कर्मचारीलाई तलवी विदा दिने इटाली युरोपमै पहिलो देश बन्नेछ ।

महिनावारी भएका बेला कतिपय महिलालाई तल्लो पेट तथा कम्मरमा अति दुःखाई डिस्मेनोरियाको समस्या देखिने भन्दै तीन दिन तलवी विदा दिन प्रस्ताव गरिएको हो । प्रस्तावमा भने सहजै विदाको पाउने व्यवस्था भने उल्लेख छैन ।

विदा पाउनका लागि डिस्मेनोरियाको अवस्था भएको भन्दै डाक्टरबाट प्रमाणित कागजातपत्र पेश गर्नुपर्नेछ । र ती कागजलाई वर्षेनि नविकरण गर्नुपर्नेछ । रिपोर्टहरुमा जनाइए अनुसार समग्र युरोपभर महिला कर्मचारीको संख्या ७२ प्रतिशत छ । इटालीमा सो संख्या ६१ प्रतिशत छ ।

इटालीमा ठूलो संख्यामा महिला कर्मचारी रहेको र कतिपयमा डिस्मेनोरियाको समस्या अधिक पर्ने भएकाले यस्तो नियम ल्याउन लागिएको हो । डिस्मेनोरियाको अन्य लक्षणमा झाडा पखला, वाकवाकी आउने, ढाड दुख्ने आदि पनि पर्छन् । कम तौल भएका महिला, अनियमित र धेरै रक्तश्राव हुने महिलालाई यो समस्याले सताउँछ ।

यस्तो विदाले महिलाहरुले पाउने अन्य विदामा भने असर नपर्ने जनाइएको छ । जापान, ताइवान, दक्षिण कोरिया र इन्डोनेसिया लगायतका मुलुकमा महिलाकर्मचारीले तलवी विदा पाउने नियम यस अघि देखि नै लागु हुँदै आएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *