What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
भिभिआइपीलाई हेलिकोप्टर : खरिद प्रक्रियामै भेटियो यस्तो त्रुटी
What To Know
- राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले चढ्ने उक्त हेलिकोप्टर किन्न सेनाले प्रतिस्पर्धाबिनै इटालीको एक कम्पनीसँग एक करोड ३९ लाख ८४ हजार दुई सय ४३ युरो (हालको एक अर्ब ८१ करोड रुपैयाँ) मा खरिद सम्झौता गरी प्रतीतपत्र खोलेको थियो। सेनाले सुरक्षा सामरिक वा प्रतिरक्षा सामग्री आपूर्ति गर्ने कार्यविधि २०६४ विपरीत प्रतिस्पर्धाबिनै बोलपत्र स्वीकृत गरेर हेलिकोप्टर खरिद प्रक्रिया अघि बढाएको थियो। २०७३ असार १६ को मन्त्रिपरिषद्को बैठकले प्रतिस्पर्धा सुनिश्चित हुनेगरी हेलिकोप्टर खरिद गर्न सेनालाई अनुमति दिएको थियो।.
- नेपालको सार्वजनिक खरिद ऐन २०६३ को दफा ४ (३) अनुसार कुनै खास उत्पादक कम्पनीबाट निर्मित सामान गरिद गर्नेगरी ‘स्पेसिफिकेसन’ तयार गर्न नहुने उल्लेख छ। ऐनअन्तर्गतकै नियमावली २०६४ को नियम ११ मा चालु वा अघिल्ला वर्षमा खरिद गर्दा लागेको वास्तविक लागत, स्थानीय वा अन्य बजारको प्रचलित दरभाउ र ढुवानी खर्चसमेतको आधार लिई लागत अनुमान तयार पार्नुपर्ने व्यवस्था छ। आजको नागरिक दैनिकमा समाचार छ ।.
काठमाडौं । भिभिआइपी उडानका लागि भन्दै भित्र्याइएको अगस्टा वेस्टल्यान्ड हेलिकोप्टरको खरिद प्रक्रियामै त्रुटि भेटिएको छ। काठमाडौं आइपुगेको उक्त हेलिकोप्टर भिभिआइपीको सवारीका लागि भन्दै नेपाली सेनाले खरिद गरेको हो।
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले चढ्ने उक्त हेलिकोप्टर किन्न सेनाले प्रतिस्पर्धाबिनै इटालीको एक कम्पनीसँग एक करोड ३९ लाख ८४ हजार दुई सय ४३ युरो (हालको एक अर्ब ८१ करोड रुपैयाँ) मा खरिद सम्झौता गरी प्रतीतपत्र खोलेको थियो। सेनाले सुरक्षा सामरिक वा प्रतिरक्षा सामग्री आपूर्ति गर्ने कार्यविधि २०६४ विपरीत प्रतिस्पर्धाबिनै बोलपत्र स्वीकृत गरेर हेलिकोप्टर खरिद प्रक्रिया अघि बढाएको थियो। २०७३ असार १६ को मन्त्रिपरिषद्को बैठकले प्रतिस्पर्धा सुनिश्चित हुनेगरी हेलिकोप्टर खरिद गर्न सेनालाई अनुमति दिएको थियो।
नेपालको सार्वजनिक खरिद ऐन २०६३ को दफा ४ (३) अनुसार कुनै खास उत्पादक कम्पनीबाट निर्मित सामान गरिद गर्नेगरी ‘स्पेसिफिकेसन’ तयार गर्न नहुने उल्लेख छ। ऐनअन्तर्गतकै नियमावली २०६४ को नियम ११ मा चालु वा अघिल्ला वर्षमा खरिद गर्दा लागेको वास्तविक लागत, स्थानीय वा अन्य बजारको प्रचलित दरभाउ र ढुवानी खर्चसमेतको आधार लिई लागत अनुमान तयार पार्नुपर्ने व्यवस्था छ। आजको नागरिक दैनिकमा समाचार छ ।






