What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
बाढीपहिरो प्रभावितलाई राहत बाँड्न एनआरएनए यूकेको टोली नेपाल आउँदै, सहकार्यका लागि आह्वान
What To Know
- एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरको पहलमा यस विषयमा बेलायत सरकारको फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिस (FCDO) र काठमाडौंस्थित बेलायती दूतावाससँग छलफल भइसकेको छ । बाढी प्रभावित क्षेत्रको अवस्था र तत्कालीन आवश्यकताका विषयमा बेलायती मन्त्रीहरू तथा राजदूत रोब फेनको नेतृत्वमा रहेको दूतावासको टोलीसँग आवश्यक समन्वय गर्दै एनआरएनएको टोली प्रभावित क्षेत्रमा जान लागेको हो । यस अभियानमा संस्थाका सचिव कृष्ण खतिवडा र आइसीसी सदस्य विजय गुरुङ लगायत पनि सहभागी हुनेछन् ।.
- यसैबीच, अध्यक्ष प्रेम गाहा मगर राहत वितरण र पुनर्स्थापनाका लागि नेपाल जाने भएपछि एनआरएनए यूकेको कार्यवाहक अध्यक्षको जिम्मेवारी तीर्थबहादुर मल्ल (अनिल) लाई दिइएको छ । अध्यक्ष गाहा नेपाल रहुन्जेल बेलायतमा आवश्यक समन्वयका लागि कार्यवाहक अध्यक्ष मल्ललाई सम्पर्क गर्न सकिने विज्ञप्तीमा उल्लेख छ ।.
लन्डन । हालै नेपालमा गएको विनाशकारी हिमबाढी र पहिरोका पीडितलाई राहत वितरण तथा प्रभावित क्षेत्रको अवलोकन गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको टोली नेपाल आउने भएको छ । टोलीले प्रभावित क्षेत्रमै पुगेर पीडित परिवारसँग प्रत्यक्ष भेटघाट गर्ने र उनीहरूको वास्तविक अवस्था बुझेर मानवीय सहयोग गर्नेछ ।
एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरको पहलमा यस विषयमा बेलायत सरकारको फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिस (FCDO) र काठमाडौंस्थित बेलायती दूतावाससँग छलफल भइसकेको छ । बाढी प्रभावित क्षेत्रको अवस्था र तत्कालीन आवश्यकताका विषयमा बेलायती मन्त्रीहरू तथा राजदूत रोब फेनको नेतृत्वमा रहेको दूतावासको टोलीसँग आवश्यक समन्वय गर्दै एनआरएनएको टोली प्रभावित क्षेत्रमा जान लागेको हो । यस अभियानमा संस्थाका सचिव कृष्ण खतिवडा र आइसीसी सदस्य विजय गुरुङ लगायत पनि सहभागी हुनेछन् ।
अध्यक्ष गाहाले रसुवा र भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरो जलवायु परिवर्तनको गम्भीर असर भएको बताएका छन् । जलवायु परिवर्तनमा कम योगदान रहेको नेपालले भोगेको क्षतिका लागि विकसित देशहरूले न्यायोचित क्षतिपूर्ति दिनुपर्ने उनको भनाइ छ । जलवायु परिवर्तनका सन्दर्भमा नेपाल सरकारलाई सहयोग गर्ने अध्यक्ष गाहाको प्रतिवद्धता छ ।
विनाशकारी गोर्खा भूकम्पको समयमा जस्तै यसपटक पनि वास्तविक पीडित पहिचान गरी प्रत्यक्ष रूपमा राहत वितरण गरिने संस्थाले जनाएको छ । स्थानीय सरकार र सम्बन्धित निकायसँग समन्वय गरेर पारदर्शी रूपमा सहयोग गरिनेछ ।
सहकार्यका लागि खुला आह्वान
एनआरएनए यूकेले यस मानवीय अभियानमा जोडिन चाहने स्वदेश तथा विदेशमा रहेका संघ–संस्था र व्यक्तिहरूलाई सहयोगका लागि खुला आह्वान समेत गरेको छ । इच्छुक व्यक्ति वा संस्थाले राहत सामग्री, खाद्यान्न, स्वास्थ्य सामग्री वा आर्थिक सहयोग लिएर प्रत्यक्ष सहभागी हुन सक्ने अध्यक्ष गाहाले बताए ।
यसैबीच, अध्यक्ष प्रेम गाहा मगर राहत वितरण र पुनर्स्थापनाका लागि नेपाल जाने भएपछि एनआरएनए यूकेको कार्यवाहक अध्यक्षको जिम्मेवारी तीर्थबहादुर मल्ल (अनिल) लाई दिइएको छ । अध्यक्ष गाहा नेपाल रहुन्जेल बेलायतमा आवश्यक समन्वयका लागि कार्यवाहक अध्यक्ष मल्ललाई सम्पर्क गर्न सकिने विज्ञप्तीमा उल्लेख छ ।









