दुधमती विद्यालयलाई एनआईसी एशिया बैंकको शैक्षिक सामग्री सहयोग

काठमाडौं । एन आई सी एशिया बैंक ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनुषाको महेन्द्रनगरस्थित श्री दुधमती राष्ट्रिय प्राथमिक विद्यालय लाई विभिन्न शैक्षिक सामग्री सहयोग गरेको छ ।

विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउने तथा विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले उक्त सहयोग उपलब्ध गराएको जनाएको छ ।

१३८ भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा आयोजित कार्यक्रममा बैंकका जनकपुर सर्कल हेड उत्सुक राज श्रेष्ठ ले विद्यालयकी प्रधानाध्यापक ममता पण्डित लाई झोला तथा अन्य शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सितेश कुमार झा, शिक्षक–शिक्षिका, विद्यार्थी तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

बैंकले उपलब्ध गराएको सहयोगले विद्यार्थीहरूको पठनपाठनमा सहजता ल्याउनुका साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *