What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
एनआईसी एशिया बैंककाे लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी अनलाइन पोर्टलमा
काठमाडाैं । एनआईसी एशिया बैंकले लिलाम बिक्रीमा राखिएका सम्पत्तिहरुको विस्तृत जानकारी अनलाइन पोर्टलमा सार्वजनिक गरेको छ। बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरुको लिलाम बिक्री सम्बन्धी सम्पूर्ण जानकारी अनलाइनमार्फत हेर्न सकिने व्यवस्था गरिएको हो।
बैंकका अनुसार ग्राहकले लिलाम बिक्री सम्बन्धी सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी वा एनआईसी एशिया बैंक लिलाम पोर्टल मा प्रवेश गरेर सम्पत्तिको विस्तृत विवरण हेर्न सक्नेछन्। पोर्टलमा लिलाममा रहेका सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा गुगल म्यापमार्फत स्थान सम्बन्धी जानकारी उपलब्ध गराइएको बैंकले जनाएको छ।
यस्तै, ग्राहकले खरिद गर्न चाहेको सम्पत्तिबारे थप जानकारी आवश्यक परेमा सोही पोर्टलमा रहेको म्यासेज बक्समार्फत आफ्नो नाम, इमेल, मोबाइल नम्बर र सम्पर्क ठेगाना राखेर सन्देश पठाउन सक्ने व्यवस्था पनि गरिएको छ।
बैंकले उक्त पोर्टलमा नियमित रुपमा बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका लिलाम बिक्री सम्बन्धी सूचना प्रकाशन गरिने जनाएको छ। बैंकले यसबाट लिलाम प्रक्रियालाई थप सहज, पारदर्शी र ग्राहक मैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।






