खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध

What To Know

  • बैंकले वैशाख १६, २०८३ मा जारी गरेको प्रेस विज्ञप्तिमा आयकर ऐन २०५८ अनुसार ग्राहकको खाताबाट काटिएको कर विवरण आन्तरिक राजश्व विभागको प्रणालीमा समावेश गर्न प्यान अनिवार्य रहेको जनाएको छ। त्यसका लागि ग्राहकले बैंकको अनलाइन पोर्टल वा ‘NIC ASIA MoBank’ मोबाइल एपमार्फत ‘PAN Update’ विकल्प प्रयोग गरी प्यान अद्यावधिक गर्न सक्नेछन्। साथै, नजिकैको शाखाबाट पनि आवेदन दिन सकिने व्यवस्था रहेको बैंकले स्पष्ट पारेको छ।.
  • यसैगरी, बैंकले ग्राहकलाई आफ्नो खातामा इमेल ठेगाना पनि अद्यावधिक गर्न आग्रह गरेको छ। ग्राहकले भिडियो केवाईसी सेवा वा ‘NIC ASIA MoBank’ एपको ‘My Profile’ मा गएर ‘Change Email’ विकल्पमार्फत इमेल अद्यावधिक गर्न सक्नेछन्। शाखा कार्यालयबाट समेत यो सेवा लिन सकिने व्यवस्था गरिएको छ।.

काठमाडौं । एन आई सी एशिया बैंक ले आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ।

बैंकले वैशाख १६, २०८३ मा जारी गरेको प्रेस विज्ञप्तिमा आयकर ऐन २०५८ अनुसार ग्राहकको खाताबाट काटिएको कर विवरण आन्तरिक राजश्व विभागको प्रणालीमा समावेश गर्न प्यान अनिवार्य रहेको जनाएको छ। त्यसका लागि ग्राहकले बैंकको अनलाइन पोर्टल वा ‘NIC ASIA MoBank’ मोबाइल एपमार्फत ‘PAN Update’ विकल्प प्रयोग गरी प्यान अद्यावधिक गर्न सक्नेछन्। साथै, नजिकैको शाखाबाट पनि आवेदन दिन सकिने व्यवस्था रहेको बैंकले स्पष्ट पारेको छ।

बैंकका अनुसार निक्षेपको ब्याजबाट काटिएको कर विवरण (E-TDS) प्रणालीमा देखाउन प्यान अत्यावश्यक हुन्छ। प्यान अद्यावधिक भएपछि करकट्टी विवरण स्वचालित रूपमा आयकर प्रणालीमा मिलान हुने भएकाले करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र लिन सहज हुने विश्वास बैंकको छ।

बैंकले प्यान अद्यावधिक नगरेको अवस्थामा E-TDS मा कर विवरण नदेखिए वा पछि कर समायोजन गर्नुपरेमा त्यसको जिम्मेवारी बैंकले नलिने पनि जनाएको छ।

यसैगरी, बैंकले ग्राहकलाई आफ्नो खातामा इमेल ठेगाना पनि अद्यावधिक गर्न आग्रह गरेको छ। ग्राहकले भिडियो केवाईसी सेवा वा ‘NIC ASIA MoBank’ एपको ‘My Profile’ मा गएर ‘Change Email’ विकल्पमार्फत इमेल अद्यावधिक गर्न सक्नेछन्। शाखा कार्यालयबाट समेत यो सेवा लिन सकिने व्यवस्था गरिएको छ।

यदि पहिले प्यान उपलब्ध गराए पनि कर विवरण समावेश नभएको वा इमेल अद्यावधिक नभएको अवस्थामा ग्राहकले नजिकैको शाखा वा बैंकको ग्राहक सम्पर्क केन्द्रमा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *