What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
नमुना युवा संसदले पारित गर्यो, शिक्षामा सबै नागरिकको निम्ति समान पहुँच तथा अवसर सुनिश्चितता सम्बन्धि संकल्प प्रस्ताव
What To Know
- कार्यक्रमका अध्यक्ष देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमादेवी अर्यालले यो कार्यक्रमले विद्यार्थीहरूमा दूरगामी प्रभाव पार्ने कुरा व्यक्त गरे । विहिवार बसेको नमूना संसद् बैठकमा संकल्प प्रस्ताव ‘शिक्षामा सबै नागरिकको निम्ति समान पहुँच तथा अवसर सुनिश्चित गर्न शिक्षा नीति र कानून संशोधन गर्न गरियोस्’ भन्ने संकल्प प्रस्ताव माथि छलफल गरिएको थियो । उक्त संकल्प प्रस्ताव बहुमतद्वारा पास भएको थियो । विद्यार्थी सहभागीहरूले संसदमा हुने सभामुख, उपसभामुख, प्रधानमन्त्री, मन्त्री, सांसद, सचेतक, मर्यादापालक, संसद् सचिवालयका कर्मचारी र पत्रकारको भूमिका निर्वाह गरेका थिए।.
- नमूना संसद्मा सुविन पाण्डेले राखेको संकल्प प्रस्तावमाथिको छलफलमा समग्या बस्याल, आरुष ढकाल, सुभम् न्यौपाने, काव्य मरासिनी, क्रिष्टिना देवकोटा लगायतले भाग लिएका थिए। नमुना संसदमा नमुना युवा सांसदहरूले उठाएका प्रश्नको जवाफ नमूना शिक्षामन्त्री विज्ञान तिमिल्सिनाले दिएका थिए। सभामुख स्वस्तिका पाण्डेयले संकल्प प्रस्ताव बहुमतले पास भएको घोषणा गरेका थिए। त्यसअघि शून्य समयमा बर्षा केसी, संयोग बस्याल, आयुष्मा पछाई, गायत्री बस्याल, प्रगति कार्की, असीम कार्की, प्रतुष्का काफले, आयाम तिवारी, सुयोग सारु लगायतले समाजमा घटेका ज्वलन्त समस्या र आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणबारे सरकारको ध्यानाकर्षण गराएका थिए। संसद् सचिवालयका कर्मचारीको भूमिकामा अरूकर्ण लोइमी, अप्सरा कुमाल र ख़ुश्बू…थिए भने सन्जल, सौरभ , हेमन्त, सरगम र सुप्रिया खनालले मर्यादापालकको भूमिका खेलेका थिए । पत्रकारको भूमिकामा विद्यार्थीहरू क्रमशः प्रपन्ना न्यौपाने, विजय थापा र विवेक घिमिरे थिए । नमूना संसद्मा सहभागीहरूलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमादेवी अर्याल, विद्यालयका प्रअ, अतिथि र शिक्षकहरू समेतले प्रमाणपत्र वितरण गरे।.
तानसेन । पाल्पाको तानसेन नगरपालिका–२ स्थित श्रीदेववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा नमूना युवा संसद् अभ्यास गरिएको छ। श्रीदेववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालय र टोनी हागन फाउन्डेशनको आयोजनामा नमूना संसद्को अभ्यास गरिएको हो।
कार्यक्रमका अध्यक्ष देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमादेवी अर्यालले यो कार्यक्रमले विद्यार्थीहरूमा दूरगामी प्रभाव पार्ने कुरा व्यक्त गरे । विहिवार बसेको नमूना संसद् बैठकमा संकल्प प्रस्ताव ‘शिक्षामा सबै नागरिकको निम्ति समान पहुँच तथा अवसर सुनिश्चित गर्न शिक्षा नीति र कानून संशोधन गर्न गरियोस्’ भन्ने संकल्प प्रस्ताव माथि छलफल गरिएको थियो । उक्त संकल्प प्रस्ताव बहुमतद्वारा पास भएको थियो । विद्यार्थी सहभागीहरूले संसदमा हुने सभामुख, उपसभामुख, प्रधानमन्त्री, मन्त्री, सांसद, सचेतक, मर्यादापालक, संसद् सचिवालयका कर्मचारी र पत्रकारको भूमिका निर्वाह गरेका थिए।

नमूना संसद्मा सुविन पाण्डेले राखेको संकल्प प्रस्तावमाथिको छलफलमा समग्या बस्याल, आरुष ढकाल, सुभम् न्यौपाने, काव्य मरासिनी, क्रिष्टिना देवकोटा लगायतले भाग लिएका थिए। नमुना संसदमा नमुना युवा सांसदहरूले उठाएका प्रश्नको जवाफ नमूना शिक्षामन्त्री विज्ञान तिमिल्सिनाले दिएका थिए। सभामुख स्वस्तिका पाण्डेयले संकल्प प्रस्ताव बहुमतले पास भएको घोषणा गरेका थिए। त्यसअघि शून्य समयमा बर्षा केसी, संयोग बस्याल, आयुष्मा पछाई, गायत्री बस्याल, प्रगति कार्की, असीम कार्की, प्रतुष्का काफले, आयाम तिवारी, सुयोग सारु लगायतले समाजमा घटेका ज्वलन्त समस्या र आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणबारे सरकारको ध्यानाकर्षण गराएका थिए। संसद् सचिवालयका कर्मचारीको भूमिकामा अरूकर्ण लोइमी, अप्सरा कुमाल र ख़ुश्बू…थिए भने सन्जल, सौरभ , हेमन्त, सरगम र सुप्रिया खनालले मर्यादापालकको भूमिका खेलेका थिए । पत्रकारको भूमिकामा विद्यार्थीहरू क्रमशः प्रपन्ना न्यौपाने, विजय थापा र विवेक घिमिरे थिए । नमूना संसद्मा सहभागीहरूलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमादेवी अर्याल, विद्यालयका प्रअ, अतिथि र शिक्षकहरू समेतले प्रमाणपत्र वितरण गरे।

औपचारिक कार्यक्रमका अतिथिहरूले विद्यालयमा हुने नमूना संसद्को अभ्यासले निरन्तरता पाउनुपर्ने बताए । उनीहरूले यस विद्यालयका विद्यार्थीहरूको लागि यो कार्यक्रम नौलो भएको र विद्यालयमा गरिने यस्ता क्रियाकलापले विद्यार्थीहरूको लुकेको प्रतिभा प्रस्फुटन हुने बताए । विद्यालयका शिक्षक कृष्णप्रसाद पाण्डेयले सञ्चलन गर्नु भएको ‘नमूना युवा संसद’ कार्यक्रमको औपचारिक सत्रमा स्वागत मन्तव्यका क्रममा प्रधानाध्यापक कृष्णबहादुर थापाले विद्यार्थीहरूलाई संसदको बैठक प्रक्रियाको बारेमा जानकारी दिन, उनीहरूको तर्क गर्ने क्षमताको विकास गर्न र लोकतन्त्रमा अभ्यस्त बनाउन यो कार्यक्रम आयोजना गरिएको बताए । उनले नेपालभन्दा धेरै टाढाको देश स्विट्ज़रलैंडमा जन्मेर पनि नेपालको प्रगतिको लागि ठूलो योगदान दिएका टोनी हागनलाई सम्झे ।

कार्यक्रमको अवसरमा शिक्षक कृष्णप्रसाद पाण्डेय संयोजक रहेको रहेको ५ सदस्यीय संसद सन्चालन सम्बन्धी कार्यदल घोषणा गरिएको थियो । फाउन्डेशनका तर्फबाट नमुना युवा संसदका सहजकर्ता एवं पूर्व सांसद फटिक थापाले टोनी हागनद्वारा लिखित पुस्तकहरू ‘नेपालको चिनारी’, ‘विकेन्द्रीकरण र विकास’, ‘कृषक बिनाको कृषि’ लगायत पुस्तक उपहारस्वरूप विद्यालयलाई हस्तान्तरण गरे। थापाले सन् १९५० को दशकमा पहिलो पटक नेपाल आएका स्वीस भूभर्गविद टोनी हागनको जीवनबाट नेपालीहरूले धेरै कुरा सिक्नुपर्ने बताए।



#parliament #tonihagen #student






