What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
एन आई सी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा विशेष सुविधा
काठमाडाैं । एन आई सी एशिया बैंकका ग्राहकले काठमाडौंस्थित एभरेष्ट हस्पिटलमा उपचार गर्दा १५ प्रतिशतसम्म छुट सुविधा पाउने भएका छन् । एन आई सी एशिया बैंक लिमिटेड र एभरेष्ट हस्पिटल प्रा.लि.बीच बैंकका ग्राहकलाई विभिन्न स्वास्थ्य सेवामा विशेष छुट दिने समझदारी भएको हो। उक्त समझदारी पत्रमा बैंकका तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ प्रमुख नरेन्द्र मैनाली र हस्पिटलका तर्फबाट प्रशासन प्रमुख दीपक चन्द्र बरालले हस्ताक्षर गरेका छन्।
सम्झदारीअनुसार अब बैंकका ग्राहकले काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटलमा उपचार सेवा लिँदा १५ प्रतिशतसम्म छुट पाउनेछन्। तर, आउटसोर्स सेवा, डाक्टर परामर्श शुल्क र एम्बुलेन्स सेवामा भने यो छुट लागू हुने छैन।
यसैगरी, अपरेशन सेवामा ५ प्रतिशत र हस्पिटलको फार्मेसीबाट औषधि खरिद गर्दा १० प्रतिशत छुट पाइने व्यवस्था गरिएको छ।
यो सुविधा लिनका लागि ग्राहकले एन आई सी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङ एप ‘मोबैंक’ मार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ।
बैंकले यस सहकार्यबाट ग्राहकलाई स्वास्थ्य उपचारमा सहुलियत मिल्नुका साथै डिजिटल भुक्तानी प्रणालीको प्रयोग बढ्ने विश्वास लिएको छ।






