मनहरीको आमा घर सेवा आश्रममा एनआईसी एशिया बैंकद्वारा आरओ वाटर प्युरिफायर जडान

What To Know

  • काठमाडाैं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान गरेको छ। आश्रममा आश्रित व्यक्तिहरूलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग गरिएको बैंकले जनाएको छ।.
  • बैंकका अनुसार यस सहयोगबाट आश्रममा बसोबास गर्ने व्यक्तिहरूले स्वच्छ खानेपानीको सुविधा पाउनेछन्। यसले उनीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै दैनिक जीवन अझ सहज हुने विश्वास बैंकले व्यक्त गरेको छ।.

काठमाडाैं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान गरेको छ। आश्रममा आश्रित व्यक्तिहरूलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग गरिएको बैंकले जनाएको छ।

परिवारबाट अपहेलित तथा सहयोगको आवश्यकता भएका व्यक्तिहरूलाई आश्रय दिँदै आएको यस आश्रममा आयोजित कार्यक्रममा बैंकका सर्कल हेड (नारायणगढ) रामकृष्ण काफ्लेले आश्रमका संरक्षक विजय राज सिग्देललाई २०८३ वैशाख २ गते आरओ वाटर प्युरिफायर हस्तान्तरण गरेका थिए।

बैंकका अनुसार यस सहयोगबाट आश्रममा बसोबास गर्ने व्यक्तिहरूले स्वच्छ खानेपानीको सुविधा पाउनेछन्। यसले उनीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै दैनिक जीवन अझ सहज हुने विश्वास बैंकले व्यक्त गरेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *