एन आई सी एशिया बैंकद्वारा सहारा घरलाई सामग्री सहयोग

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको बर्दगोरिया गाउँपालिका–२ मा रहेको ‘असहायका लागि सहयोगी हातहरु नेपाल (सहारा घर)’लाई आवश्यक सामग्री सहयोग गरेको छ।

बैंकले सहारा घरमा आश्रित व्यक्तिहरुको बसाइ सहज र स्वस्थ बनाउने उद्देश्यले डाइनिङ टेबल, बेन्च तथा स्वच्छ खानेपानीका लागि वाटर डिस्पेन्सर प्रदान गरेको जनाएको छ।

उक्त सामग्री बैंकका सर्कल हेड–धनगढी दिपक विष्टले सहारा घरका अध्यक्ष बलबहादुर विष्टलाई २०८२ चैत २६ गते आयोजित एक कार्यक्रममा हस्तान्तरण गरेका थिए।

हाल सहारा घरमा बालबालिका, महिला, शारीरिक रूपमा विशेष क्षमता भएका व्यक्ति तथा ज्येष्ठ नागरिक गरी ९७ जनाले आश्रय पाइरहेका छन्। संस्थाले असहाय र सहयोग आवश्यक पर्ने व्यक्तिहरुलाई खानबस्नेसहित सेवा दिँदै आएको छ।

बैंकले उपलब्ध गराएको सामग्रीले सहारा घरमा बसोबास गर्ने व्यक्तिहरुको दैनिक जीवन सहज हुने र स्वच्छ खानेपानीको पहुँच बढ्ने विश्वास व्यक्त गरेको छ।

यसअघि पनि बैंकले शान्ति सेवा गृहका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै चालु वर्ष सातै प्रदेशका सरकारी तथा सामुदायिक विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको थियो।

बैंकले विगत वर्षहरुमा समेत विभिन्न विद्यालयमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापना गर्ने तथा विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको जनाएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *