What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
सत्ताको उल्टो गति, दलाई लामाका अनुयायीलाई बौद्धनाथको तालाचाबी सुम्पिनने तयारी
What To Know
- नेपालभरका बौद्ध गुम्बा तथा विहारहरुको संरक्षण, सम्वद्र्धन तथा बौद्ध दर्शनको अध्ययन र विकास गर्नका लागि स्थापित यो सरकारी समिति खारेजीको सिफारिसमा परेसँगै बौद्धमार्गीहरु वर्तमान सत्तासँग रिसाएका हुन् । यो कदम नसच्याए विद्रोह गर्ने चेतावनी उनीहरुले दिएका छन् । यहि मेसोमा नेपाल बौद्ध महासंघले प्रधानमन्त्री बानेन्द्र साहसँग सम्वाद गर्ने प्रयत्न गरिरहेको छ भने विभिन्न राजनीतिक दलको संसदीय दलका नेतालाई मागपत्र बुझाउने कार्य गरेको छ । शपथ ग्रहणमा बौद्ध लामाहरुबाट मंगलपाठ गर्न लगाएका प्रधामन्त्री साह स्वयंले भने महासंघका प्रतिनिधिलाई भेट्न मानिरहेका छैनन् ।.
- खारेजीको सिफारिसमा परेको समितिले प्रारम्भदेखि नै नेपाल भर बसोबास गर्ने लामा धर्म गुरुहरुको बौद्ध दर्शन सम्बन्धी अध्ययन तथा विकासका क्षेत्रमा काम गर्नुका साथै पुराना ऐतिहासिक, पुरातात्विक महत्वका गुम्बाहरुको संरक्षण र सम्वद्र्धनको काम गर्दै आएको छ । २०४१ र २०४५ सालमा जारी नयाँ गठन आदेशपछि यो समितिले क्रमश गुम्बा तथा लामा व्यवस्था समिति र गुम्बा व्यवस्था तथा विकास समितिको रुपमा जिम्मेवारी बहन गरेको बताइन्छ । पछि समय सापेक्ष बनाउन भन्दै २०६६ सालमा जारी नयाँ गठन आदेशले बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको रुपमा सञ्चालित छ । २०७१ बल नयाँ नियमावली स्वीकृत भई लागु भएकोमा यो समिति खारेजीको सिफारिसमा परेको छ । यो समितिका अनुसार हाल नेपालभर तीन हजार तीन सय १० भन्दामाथि गुम्बाहरु स्थापना भएका छन् ।.
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति खारेजीको सिफारिसमा परेसँगै बौद्ध धर्मभित्रका सबै सम्प्रदाय एवं खेमाहरु क्रुद्ध भएका छन् ।
नेपालभरका बौद्ध गुम्बा तथा विहारहरुको संरक्षण, सम्वद्र्धन तथा बौद्ध दर्शनको अध्ययन र विकास गर्नका लागि स्थापित यो सरकारी समिति खारेजीको सिफारिसमा परेसँगै बौद्धमार्गीहरु वर्तमान सत्तासँग रिसाएका हुन् । यो कदम नसच्याए विद्रोह गर्ने चेतावनी उनीहरुले दिएका छन् । यहि मेसोमा नेपाल बौद्ध महासंघले प्रधानमन्त्री बानेन्द्र साहसँग सम्वाद गर्ने प्रयत्न गरिरहेको छ भने विभिन्न राजनीतिक दलको संसदीय दलका नेतालाई मागपत्र बुझाउने कार्य गरेको छ । शपथ ग्रहणमा बौद्ध लामाहरुबाट मंगलपाठ गर्न लगाएका प्रधामन्त्री साह स्वयंले भने महासंघका प्रतिनिधिलाई भेट्न मानिरहेका छैनन् ।
महासंघको टोलीले शनिबार मात्रै श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलको नेता हर्क साम्पाङलाई भेटेर मागपत्र बुझाएको छ । मागपत्र बुझेपछि जवाफमा साम्पाङले बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति खारेजीको दकमविरुद्ध संसदमा जोडदार ढंगले आवाज उठाउने र बौद्ध धर्मावलम्बी तथा बौद्ध भिक्षुहरुको आन्दोलनमा पार्टी पंक्तिलाई तैनाथी गर्ने प्रतिवद्धता जनाए ।
नेपाल बौद्ध महासंघले वर्तमान सरकार बौद्धनाथ स्तुपमा चिनियाँ लामा रहेका बोन सम्प्रदायका व्यक्तिलाई हटाएर भारतमा निर्वासित जीवन विताइरहेका विवादित तीब्बती धर्मगुरु दलाई लामाका अनुयायीलाई बौद्धनाथको तालाचाबी सुम्पिने योजनामा रहेको आरोप लगाएको छ । सरकारको यो कदमले धार्मिक भड्काव निम्त्याउनेतर्फ सचेत गराउँदै महासंघले राजनीतिक दलहरुको ध्यानाकर्षण गराएको छ ।
खारेजीको सिफारिसमा परेको समितिले प्रारम्भदेखि नै नेपाल भर बसोबास गर्ने लामा धर्म गुरुहरुको बौद्ध दर्शन सम्बन्धी अध्ययन तथा विकासका क्षेत्रमा काम गर्नुका साथै पुराना ऐतिहासिक, पुरातात्विक महत्वका गुम्बाहरुको संरक्षण र सम्वद्र्धनको काम गर्दै आएको छ । २०४१ र २०४५ सालमा जारी नयाँ गठन आदेशपछि यो समितिले क्रमश गुम्बा तथा लामा व्यवस्था समिति र गुम्बा व्यवस्था तथा विकास समितिको रुपमा जिम्मेवारी बहन गरेको बताइन्छ । पछि समय सापेक्ष बनाउन भन्दै २०६६ सालमा जारी नयाँ गठन आदेशले बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको रुपमा सञ्चालित छ । २०७१ बल नयाँ नियमावली स्वीकृत भई लागु भएकोमा यो समिति खारेजीको सिफारिसमा परेको छ । यो समितिका अनुसार हाल नेपालभर तीन हजार तीन सय १० भन्दामाथि गुम्बाहरु स्थापना भएका छन् ।






