What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
नेपाल पुनः अस्थिरतातर्फ जान सक्ने खतरा : उप्रेती
काठमाडाैं । वरिष्ठ समाजसेवी तथा राप्रपा नेता शोभित उप्रेतीले नयाँ सरकार गठनसँगै देश फेरि अस्थिरतातर्फ जान सक्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउजस्ता घटनाले देशमा अस्थिरता बढ्ने संकेत देखिएको बताएका हुन्।
उप्रेतीले वर्तमान राजनीतिक अवस्थाले नेपाललाई फेरि अस्थिरताको भुमरीमा पार्न सक्ने जोखिम रहेको उल्लेख गरेका छन्। यस्तो अवस्थामा देशलाई जोगाउन सबै राजनीतिक र सामाजिक शक्तिहरूबीच संवाद र सहकार्य आवश्यक रहेको उनले बताएका छन्। विभिन्न पक्षबीच सन्तुलन कायम गरेर मात्रै देशको दीर्घकालीन हित सुनिश्चित गर्न सकिने उनको भनाइ छ।
त्यस्तै, उनले देशमा अन्तर्राष्ट्रिय शक्तिहरूको प्रभाव बढ्दै गएको संकेत गर्दै नेपाल कुनै पनि शक्तिशाली देशहरूको परीक्षण स्थल बन्न नहुने स्पष्ट पारेका छन्।






