एनआईसी एशिया बैंककाे लिलाम सम्पत्तिको विवरण अनलाइनबाटै

What To Know

  • लिलामसम्बन्धी सूचना हेर्न इच्छुक व्यक्तिहरूले बैंकले प्रकाशित गरेको सूचनामा रहेको क्यूआर कोड स्क्यान गरेर वा सिधै https.
  • //auctionassistance.

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लिलाम बिक्रीमा राखिएका सम्पत्तिहरूको विस्तृत जानकारी अनलाइन पोर्टल मार्फत सार्वजनिक गरेको छ।

बैंकका अनुसार आफ्नो स्वामित्वमा रहेका बैंकिङ्ग तथा गैर-बैंकिङ्ग सम्पत्ति र धितो सुरक्षणमा रहेका सम्पत्तिको लिलाम सम्बन्धी सम्पूर्ण विवरण उक्त पोर्टलमा राखिएको छ। यस पोर्टलमार्फत ग्राहकहरूले लिलाममा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा गुगल म्यापमार्फत स्थानसमेत सजिलै हेर्न सक्नेछन्।

लिलामसम्बन्धी सूचना हेर्न इच्छुक व्यक्तिहरूले बैंकले प्रकाशित गरेको सूचनामा रहेको क्यूआर कोड स्क्यान गरेर वा सिधै https://auctionassistance.nicasiabank.com
मा गएर जानकारी लिन सक्नेछन्।

यसका साथै, कुनै सम्पत्तिबारे थप जानकारी आवश्यक परेमा पोर्टलमै रहेको म्यासेज बक्समार्फत आफ्नो नाम, इमेल, मोबाइल नम्बर र ठेगाना उल्लेख गरी सिधै बैंकसँग सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।

बैंकले जनाएको अनुसार उक्त पोर्टलमा लिलामसम्बन्धी नयाँ सूचना तथा सम्पत्तिहरूको विवरण नियमित रूपमा अद्यावधिक गरिनेछ। इच्छुक ग्राहकहरूले अनलाइनमार्फतै आवश्यक जानकारी लिएर लाभ लिन सक्ने विश्वास बैंकले व्यक्त गरेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *