समाजसेवी बासुदेव घिमिरेद्वारा विद्यालयलाई नगद र कम्प्युटर सहयोग

What To Know

  • मुसिकोट नगरपालिका–२, दलुङ निवासी घिमिरे हाल रुपन्देहीको तिलोत्तमा नगरपालिका–२, जानकीनगरमा बसोबास गर्दै आउनुभएको छ। उहाँले विद्यालयलाई ५१ हजार रुपैयाँको चेकसहित एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग गर्नुभएको विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापा मगरले जानकारी दिनुभयो।.
  • प्रधानाध्यापक थापा मगरले उक्त नगद र सामग्री सहयोगले विद्यालयको प्रशासनिक कामकाज र शैक्षिक गतिविधि सञ्चालनमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो। उहाँले विद्यालयका तर्फबाट सहयोगदाता बासुदेव घिमिरेलाई धन्यवादसमेत व्यक्त गर्नुभयो।.

काैरव खत्री
गुल्मी । समाजसेवी तथा शिक्षाप्रेमी बासुदेव घिमिरेले गुल्मीको मुसिकोट नगरपालिका–२, मुसिकोट देउरालीस्थित नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयलाई नगदसहित कम्प्युटर सामग्री हस्तान्तरण गर्नुभएको छ।

मुसिकोट नगरपालिका–२, दलुङ निवासी घिमिरे हाल रुपन्देहीको तिलोत्तमा नगरपालिका–२, जानकीनगरमा बसोबास गर्दै आउनुभएको छ। उहाँले विद्यालयलाई ५१ हजार रुपैयाँको चेकसहित एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग गर्नुभएको विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापा मगरले जानकारी दिनुभयो।

प्रधानाध्यापक थापा मगरले उक्त नगद र सामग्री सहयोगले विद्यालयको प्रशासनिक कामकाज र शैक्षिक गतिविधि सञ्चालनमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो। उहाँले विद्यालयका तर्फबाट सहयोगदाता बासुदेव घिमिरेलाई धन्यवादसमेत व्यक्त गर्नुभयो।

सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाबुराम घिमिरे, मुसिकोट नगरपालिका वडा नं. २ का पूर्व वडा अध्यक्ष लक्ष्मण खत्री, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष ईश्वरीप्रसाद आचार्य, विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *