What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
कांग्रेस विभाजन हुन्न : महामन्त्रीद्वय थापा र शर्मा
What To Know
- काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्य र विवेकको पक्षमा निर्णय उभिन महाधिवेशन प्रतिनिधिलाई आह्वान गर्नुभएको छ । महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आयोजित विशेष महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै उहाँले संविधान, कानुन, पार्टीविधानका आधारमा दलको आधिकारिकता विशेष महाधिवेशनको पक्षमा भएकाले कांग्रेस विभाजन नहुने जिकिर गर्नुभयो ।.
- सहमहामन्त्री फर्मूला अन्सारीले नेपाली कांग्रेस विशेष अधिवेशनको मूल कार्यदेश नेताको चयन र नीतिको तर्जूमा गर्ने भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आदेश दिएर पार्टी चलाउने समय गयो, देश घुम्न सक्ने र जनतालाई बुझाउने युवा नेतृत्व अहिले पार्टीको माग हो । युवाको बेगलाई कुनै षडयन्त्र र निर्णयले रोक्न सक्दैन ।”.
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्य र विवेकको पक्षमा निर्णय उभिन महाधिवेशन प्रतिनिधिलाई आह्वान गर्नुभएको छ । महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आयोजित विशेष महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै उहाँले संविधान, कानुन, पार्टीविधानका आधारमा दलको आधिकारिकता विशेष महाधिवेशनको पक्षमा भएकाले कांग्रेस विभाजन नहुने जिकिर गर्नुभयो ।
महामन्त्री थापाले भन्नुभयो, “विशिष्ट अवस्थामा विशेष अधिवेशन आह्वान गरिएको हो । हामी सत्यको पक्षमा उभिनुपर्छ । विशेष अधिवेशन समापनका विषयमा सम्वाद र कुराकानी भइरहेका बेला आफूहरूलाई छलफलमा अलमल्याएर निर्वाचन आयोगमा कारवाहीको पत्र पठाइएको छ, त्यो गलत छ ।”
युवाभावना अनुरूप अघि बढिरहेको नेपाली कांग्रेसलाई रूपान्तरणको अभियानलाई कसैले रोक्न नसक्ने बताउँदै उहाँले नेपालको निर्वाचन आयोग, संविधान, नियम र कानुनप्रति विश्वास भएकाले विधिसम्मत ढङ्गबाट आएको निर्णयलाई स्वीकार गर्ने विश्वास दिलाउनुभयो ।
उहाँले भन्नुभयो, “कांग्रेस कसैको निजी पार्टी होइन, आफूहरूलाई कारवाही गर्नुअघि सोध्ने, स्पष्टीकरण माग्ने र कारवाही गर्न पर्दैन ? केन्द्रिय कमिटी भङ्ग भएको छ, बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित भएको यो विशेष महाधिवेशन आधिकारिक छ ।”
महाधिवेशन प्रतिनिधिलाई घर फर्किएर महामन्त्रीद्वय उपस्थिति रहेको विशेष अधिवेशनमा भाग लिएर आएको भन्दा कहीकतै शिर निहु¥याउन नपर्ने बताउँदै उहाँले कांग्रेस विभाजन नभई एउटै रहेकाले नआत्तिन, नअलनमलिन र भ्रममा नपर्न सुझाव दिनुभयो ।
महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचान आयोग, संविधान र पार्टीको विधानका आधारमा अहिले देखिएको विवादको समाधान निस्कने धारणा राख्नुभयो । उहाँले पार्टीको आधिकारिक विशेष महाधिवेशन भएको र निर्वाचन प्रक्रिया अघि बढाइ सकेकाले उम्मेदवार भइसकेको व्यक्तिलाई गरिएको कारवाहीको कुनै अर्थ नरहेको बताउनुभयो ।
सहमहामन्त्री फर्मूला अन्सारीले नेपाली कांग्रेस विशेष अधिवेशनको मूल कार्यदेश नेताको चयन र नीतिको तर्जूमा गर्ने भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आदेश दिएर पार्टी चलाउने समय गयो, देश घुम्न सक्ने र जनतालाई बुझाउने युवा नेतृत्व अहिले पार्टीको माग हो । युवाको बेगलाई कुनै षडयन्त्र र निर्णयले रोक्न सक्दैन ।”
नेपाली कांग्रेसको कार्य समितिको आज सानेपामा बसेको बैठकले भने उहाँहरू तीन जनालाई नै पार्टीको हित र अनुशासन विपरित कार्य गरेको भनी पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको जनाएको छ ।






