एनआईसी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीका सेवामा १० प्रतिशत छुट

What To Know

  • समझदारीअनुसार बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले आईएमई हस्पिटालिटी अन्तर्गतका विभिन्न होटल, रेस्टुरेन्ट तथा केबलकार सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन्। यो सुविधा होटल ले हिमालय (लाजिम्पाट), इला होटल्स एण्ड रिसोर्ट्स (मौलाकाली), इला कम्फर्ट (बाग्लुङ), द लेकसाइड रिसोर्ट (पोखरा), सेक एण्ड फेंग रेस्टुरेन्ट (लाजिम्पाट), मौलाकाली केबलकार तथा लुम्बिनी केबलकारमा लागू हुनेछ।.
  • यस छुट सुविधाको उपयोग गर्न ग्राहकले एनआईसी एशिया बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ। यस सहकार्यले ग्राहकलाई प्रत्यक्ष लाभ पुग्नुका साथै डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन र नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने बैंकले विश्वास लिएको छ।.

काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले आईएमई हस्पिटालिटी प्रा. लि.का विभिन्न सेवामा १० प्रतिशत छुट पाउने भएका छन्।

यसका लागि एनआईसी एशिया बैंक लिमिटेड र आईएमई हस्पिटालिटी प्रा. लि. बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा बैंकको तर्फबाट डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ प्रमुख श्री विमल लम्साल र आईएमई हस्पिटालिटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले आईएमई हस्पिटालिटी अन्तर्गतका विभिन्न होटल, रेस्टुरेन्ट तथा केबलकार सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन्। यो सुविधा होटल ले हिमालय (लाजिम्पाट), इला होटल्स एण्ड रिसोर्ट्स (मौलाकाली), इला कम्फर्ट (बाग्लुङ), द लेकसाइड रिसोर्ट (पोखरा), सेक एण्ड फेंग रेस्टुरेन्ट (लाजिम्पाट), मौलाकाली केबलकार तथा लुम्बिनी केबलकारमा लागू हुनेछ।

यस छुट सुविधाको उपयोग गर्न ग्राहकले एनआईसी एशिया बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ। यस सहकार्यले ग्राहकलाई प्रत्यक्ष लाभ पुग्नुका साथै डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन र नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने बैंकले विश्वास लिएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *