What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंको टोलीबीच छलफल
What To Know
- “अघिल्ला सरकारले हाम्रा माग सुनेनन्, त्यसकै कारण समस्या बढ्यो। तर यो सरकारले सुन्ने इच्छा देखायो। हामीले आफ्ना माग प्रधानमन्त्रीकै टेबलमा राख्न पायौँ, त्यसका लागि प्रधानमन्त्रीज्यू र गृहमन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु,” प्रसाईँले भन्नुभयो। उहाँले आफ्ना माग पूरा भए देशभर खुशी छाउने र कोही पनि सडकमा उत्रिन नपर्ने दाबी गर्नुभयो।.
- प्रधानमन्त्री कार्कीले पनि सरकार बेथिति र भ्रष्टाचार नियन्त्रणका उद्देश्यले अघि बढिरहेको बताउनुभयो। प्रसाईँले उठाएका धेरै मुद्दा जेनजी आन्दोलनका समयमा उठेकै माग भएकाले तिनको सम्बोधन गर्नु आफ्नो जिम्मेवारी रहेको उहाँले स्पष्ट पार्नुभयो।.
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका प्रतिनिधिसँग भेटघाट र छलफल गर्नुभयो।
दुर्गा प्रसाईँको नेतृत्वमा पुगेको उक्त टोलीसँगको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना र मुख्य सचिव सुमनराज अर्याल पनि सहभागी हुनुहुन्थ्यो। अधिवक्ता विनोदमणि भट्टराई र लवण न्यौपानेले भेटघाटको व्यवस्था मिलाउनुभएको थियो।
भेटका क्रममा प्रसाईँले प्रधानमन्त्री कार्कीलाई भगवती दुर्गाको मूर्ति उपहारस्वरूप प्रदान गर्दै अघिल्ला अभिव्यक्तिका कारण माफी माग्नुभयो। उहाँले प्रधानमन्त्रीलाई दुर्गाको रूप लिएर काम गर्न आग्रह गर्दै सरकारको साथमा रहने प्रतिवद्धता जनाउनुभयो। सरकारप्रति सगरमाथाजस्तै अडान लिएर समर्थन गर्ने उहाँको भनाइ थियो।
प्रसाईँले आफ्ना मागबारे स्पष्ट पार्दै त्यसलाई सुन्न तयार भएकोमा सरकारले धन्यवाद पाएको बताए। सडकको आवाज वार्तामार्फत सुन्न सहज वातावरण बनाएको भन्दै उहाँले गृहमन्त्री अर्यालप्रति पनि प्रशंसा व्यक्त गर्नुभयो।
“अघिल्ला सरकारले हाम्रा माग सुनेनन्, त्यसकै कारण समस्या बढ्यो। तर यो सरकारले सुन्ने इच्छा देखायो। हामीले आफ्ना माग प्रधानमन्त्रीकै टेबलमा राख्न पायौँ, त्यसका लागि प्रधानमन्त्रीज्यू र गृहमन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु,” प्रसाईँले भन्नुभयो। उहाँले आफ्ना माग पूरा भए देशभर खुशी छाउने र कोही पनि सडकमा उत्रिन नपर्ने दाबी गर्नुभयो।
प्रधानमन्त्री कार्कीले पनि सरकार बेथिति र भ्रष्टाचार नियन्त्रणका उद्देश्यले अघि बढिरहेको बताउनुभयो। प्रसाईँले उठाएका धेरै मुद्दा जेनजी आन्दोलनका समयमा उठेकै माग भएकाले तिनको सम्बोधन गर्नु आफ्नो जिम्मेवारी रहेको उहाँले स्पष्ट पार्नुभयो।
तर ऋण मिनाहा गर्ने विषयमा भने राज्यले कति भार थेग्न सक्छ भन्ने विषय ध्यानपूर्वक हेर्नुपर्ने प्रधानमन्त्रीको धारणा थियो। प्रसाईँले राखेका मागबारे आगामी दिनमा थप छलफल गर्ने समझदारी भएको जनाइएको छ।






