एनआईसी एशिया बैंककाे लकर सेवामा १५ प्रतिशत छुट

काठमाडौँ। एनआईसी एशिया बैंकले आफ्ना ग्राहकका लागि लकर सेवामा विशेष छुट सुविधा घोषणा गरेको छ। बैंकले बहुमूल्य सामान र महत्वपूर्ण कागजात सुरक्षित रूपमा राख्ने चाहना बढिरहेको भन्दै निश्चित अवधिका लागि पहिलो वर्षको वार्षिक शुल्कमा १५ प्रतिशत छुट दिने व्यवस्था सार्वजनिक गरेको हो।

बैंकका अनुसार मुलुकभरका १५० शाखामा विभिन्न आकारका लकर उपलब्ध छन्। ग्राहकले यी शाखामार्फत आफूलाई आवश्यक आकारको लकर भाडामा लिन सक्नेछन्।

बैंकले यस छुट योजनाले लकर सेवा प्रयोग गर्न अझ सहज र किफायती हुने विश्वास लिएको छ। लकर सेवासम्बन्धी थप जानकारीका लागि नजिकको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रका नम्बर १६६०–०१–७७७७१, १८१०–२१–७७७७१ र ०१–५९७०१०१ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *