रुकुमपूर्वकाे एउटा गाउँ जहाँ भरुवा बन्दुक छैन

रुकुम(पूर्व) । पुथाउत्तरगङ्गा गाउँपालिका– १ र २ मैकोट गाउँ भरुवा बन्दुकमुक्त गरिएको छ ।
मैकोट गाउँबाट ५५ थान भरुवा बन्दुक सङ्कलन गरिएको आज पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ । बन्दुक स्थानीय वन तथा वन्यजन्तु संरक्षण समितिले १० वर्ष लगाएर सङ्कलन गरेको हो । प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको सक्रियता र स्थानीय वन तथा वन्यजन्तु संरक्षण समितिको प्रयासले हतियार सङ्कलन गर्न सफल भएको संरक्षण समितिका अध्यक्ष अमरधन पुनले बताउनुभयो ।

कम्तीमा पनि एउटालाई रु ५०÷६० हजार मूल्यपर्ने ती बन्दुक सङ्कलन गर्दा प्रत्येक बन्दुक मालिकलाई रु १०÷१० हजार नगद दिइएको उहाँले जानकारी दिनुभयो । बन्दुक सङ्कलन अभियानमा जम्मा रु छ लाख ५० हजार खर्च भएको बताइएको छ । गाउँमा प्रायःजसो सबैसँग बन्दुक हुने भएपछि चोरी शिकारको काम र हिंसात्मक काम बढ्दै गइरहेको थियो । सङ्कलन गरिएका बन्दुक आजै जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व)मा सुरक्षित राखिने जनाइएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *