निर्मला थापाको पञ्चेबाजा गीत रिडी बजार काली दोभान सार्वजनिक (भिडियो)

काठमाडौँ । लोक तथा दोहोरी गायिका निर्मला थापा मगरको पञ्चे बाजाको नयाँ गीत रिडी बजार काली दोभानको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भर्सटायल गायिका थापा मगरको आफ्नै युट्युव च्यानल मार्फत सोमबार भिडियो सार्वजनिक भएको हो ।

लगनको महिनालाई लक्षित गरि सार्वजनिक गरिएको यस गीतको म्यूजिक भिडियोमा विवाहमा जन्ती र बेहुली पक्षको रोचक दोहोरी गाउने परम्परालाई देखाउने प्रयास गरिएको छ । गुल्मीको कृषि उपज तथा नगदे बाली उखु र खूदो लगाएतका विषयबस्तुलाई समेटेर तयार गरिएको गीतका शब्दले त्यस क्षेत्रको पहिचान झल्काएको छ ।

गीतको छायांकन गुल्मीको ग्रामीण क्षेत्र दिगाममा गरिएको हो । गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडी लगाएतका क्षेत्रको दृश्यलाई पनि भिडियोमा समेटिएको छ । सन्तु थापा र निर्मला थापा मगरको स्वर रहेको यस गीतको म्यूजिक भिडियोमा मुकुन्द सुबेदी र नविना थापा मगरले मुख्य भूमिकामा अभिनय गरेका छन् भने गुल्मेली युवा ब्यवसायी उमेश सिंजाली मगर लगाएतले पनि सहायक भूमिका निभाएका छन् ।

 गायक सन्तु थापाले निर्देशन गरेको भिडियोको छायांकन करन चैसि र सम्पादन मनोज कार्कीले गरेका छन् । याे म्यूजिक भिडियाे हिम सम्झाैता डिजिटलले तयार गरेकाे हाे । गीतको बजार व्यवस्थापन भने गुल्मी रेसुङ्गा म्युजिक प्रालिले गरेको छ ।

हेर्नुस् पूरा भिडियाे –

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *