काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
एन आई सी एशिया बैंकका ग्राहकलाई थेरापी सेन्टरमा १० प्रतिशत छुट
काठमाडाैं । एन आई सी एशिया बैंकका ग्राहकलाई Chiropractic and Manual Therapy Centre मा सेवा लिँदा अब १० प्रतिशत छुट उपलब्ध हुने भएको छ।
बैंक र थेरापी सेन्टरबीच भएको सम्झौता अनुसार बालुवाटार, त्रिपुरेश्वर, काठमाडौं तथा बुटवलस्थित शाखाहरुमा सेवा लिएर डिजिटल भुक्तानी गर्ने ग्राहकले यो सुविधा पाउनेछन्।
छुट पाउन ग्राहकले बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्न सक्नेछन्। मोबैंक (MoBank) एप मार्फत गरेको भुक्तानीमा पनि छुट लागू हुनेछ।
बैंकले यो सहकार्यले ग्राहकलाई स्वास्थ्य सेवा सहज बनाउन मद्दत गर्ने र डिजिटल भुक्तानीलाई प्रोत्साहन दिँदै नगदरहित कारोबारलाई अझ विस्तार गर्ने विश्वास व्यक्त गरेको छ।






