काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
दुई सिफ्टमा मतदाता नामावली संकलन, नाम दर्ता गर्न आयोगको अपिल
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न नागरिकलाई अपिल गरेको छ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले सार्वजनिक गरेको अपिलमा २०८२ साल फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने सबै नागरिकलाई नाम दर्ता गराउन आग्रह गरिएको छ।
दर्ता केन्द्रहरूमा सेवाग्राहीको भीड बढेकाले व्यवस्थापन सहज बनाउन आयोगले भीड बढी देखिएका जिल्लामा दिनमा ८०० भन्दा बढी दर्ता भएको खण्डमा दुई सिफ्टमा सेवा दिने व्यवस्था गरेको छ। अब ती जिल्लामा ६–६ घण्टाका गरी १२ घण्टा दैनिक सेवा उपलब्ध हुनेछ।
यसका लागि उपत्यकाका तीन जिल्लामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट १४ जना अतिरिक्त दर्ता कर्मचारी खटाइने आयोगले जनाएको छ।
अन्य जिल्लामा भने सेवाग्राहीको चापका आधारमा आवश्यक अतिरिक्त जनशक्ति खटाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयसँग समन्वय गरिएको आयोगले उल्लेख गरेको छ।







