What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
एनआईसी एशिया बैंकका ग्राहकलाई ओम अध्याय रिट्रिटमा छुट सुविधा
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले अब मकवानपुरको थाहा क्षेत्रमा रहेको ओम अध्याय रिट्रिटमा सेवा लिँदा विशेष छुट पाउने भएका छन्।
रिसोर्ट र बैंकबीच छुट सुविधा प्रदान गर्ने सम्झौता सम्पन्न भएपछि ग्राहकले डिजिटल भुक्तानीमार्फत सेवा लिँदा विभिन्न छुट पाउने व्यवस्था गरिएको हो। बैंकका अनुसार ग्राहकले रिसोर्ट प्याकेजमा १५ प्रतिशतसम्म र खाना तथा पेयपदार्थमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
यस सुविधा उपयोग गर्न बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) एप प्रयोग गर्नुपर्नेछ। बैंकले यो सहकार्यबाट ग्राहकलाई थप सुविधा प्राप्त हुनुका साथै डिजिटल भुक्तानी प्रवर्द्धन र नगदरहित कारोबार संस्कृतिको विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।






