काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
एन आई सी एशिया बैंकका ग्राहकलाई एशियन बुद्ध होटलमा १५ प्रतिशत छुट
काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकले अब सिद्धार्थनगर, रुपन्देहीमा रहेको एशियन बुद्ध होटलमा सेवा लिँदा १५ प्रतिशत छुट पाउने भएका छन्।
बैंक र एशियन बुद्ध होटलबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकहरूले होटलमा सेवा लिई डिजिटल माध्यमबाट भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
ग्राहकहरूले यो सुविधा लिन बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) एप प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।
बैंकले यो सहकार्यबाट ग्राहकहरूलाई छुट सुविधा प्रदान हुनुका साथै डिजिटल भुक्तानी प्रवर्द्धन र नगदरहित कारोबार संस्कृतिको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।






