What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

बिपीन जोशी जीवित नरहेको इजरायली अधिकारीको जानकारी
काठमाडौं । हमासले इजरायलमाथि गरेको आक्रमणपछि बेपत्ता रहेका नेपाली विद्यार्थी बिपीन जोशी जीवित नरहेको इजरायली सेनाले जानकारी दिएको छ ।
इजरायली अधिकारीहरूले बिपीनको मृत्यु भएको जानकारी परिवारलाई दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
सोमबार बिहान हमासले इजरायललाई आज ९सोमबार० मुक्त गर्न लागिएका २० जना जीवित बन्धकहरूको नामसहितको सूची उपलब्ध गराएको थियो। तर सो सूचीमा बिपीन जोशीको नाम नपरेपछि उनको जीवित अवस्थाबारे गम्भीर आशंका गरिएको थियो।
तीन सातासम्मको खोज तथा संवाद प्रयासपछि इजरायली अधिकारीहरूले अन्ततः बिपीन जीवित नरहेको निष्कर्षमा पुगेका हुन्।
बिपीन जोशी इजरायलको दक्षिणी क्षेत्र स्देरोत नजिकै अवस्थित कृषि तालिम केन्द्रमा अध्ययनरत नौ जना नेपाली विद्यार्थीमध्ये एक थिए। हमासको आकस्मिक आक्रमणमा अन्य सात जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो, जबकि एक जना घाइते भएर बच्न सफल भएका थिए।
परराष्ट्र मन्त्रालयले घटनाबारे थप औपचारिक विवरण र बिपीनको पार्थिव शरीर नेपाल ल्याउने तयारीबारे जानकारी पछि सार्वजनिक गर्ने जनाएको छ।
अक्टोबर ७, २०२३ मा हमासले इजरायलमाथि गरेको अप्रत्याशित आक्रमणमा करिब १२०० जनाको मृत्यु भएको थियो। सो क्रममा विभिन्न देशका नागरिकसहित करिब २५० जना बन्धक बनाइएका थिए। त्यसै दिन इजरायलमा रहेका नेपाली विद्यार्थीहरूको समूहमाथि पनि हमला भएको थियो, जसमा बिपीन जोशी बेपत्ता भएका थिए।