What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

मलेसियाविरुद्धको शृङ्खलामा नेपाल विजयी
काठमाडौँ । मलेसियाविरुद्धको महिला टि–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खला नेपालले जितेको छ । मलेसियाको बायोमास क्रिकेट ओभल मैदानमा बुधबार भएको फाइनल अर्थात् पाँचौँ खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेसँगै नेपालले शृङ्खला जितेको हो । फाइनलमा पाँच विकेटको जित निकालेसँगै नेपालले पाँच खेलको शृङ्खला ३–२ ले आफ्नो पक्षमा पारेको हो ।
यसअघिको खेलमा मलेसिया तीन र १३ रनले विजयी हुँदा नेपालले दुवै खेलमा ६ विकेटको जित हासिल गरेको थियो । मलेसियाले प्रस्तुत गरेको १०४ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । नेपालका लागि रुवि पोदारले २६, पूजा महतोले २३, रुविना क्षेत्रीले अविजित १५ तथा सम्झना खड्काले १३ रन बनाए ।
मलेसियाका लागि आइन हामिजा हसिम, नुर डानिया स्युहदा, आइसा एलिसा फिर्डाजु र नुर आल्याले समान एकएक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १०३ रनको योगफल बनाएको थियो । मलेसियाका लागि विनिफ्रेड दुराइसिंघमले सर्वाधिक ४० रनको योगदान दिँदा माहिरा इज्जती इस्माइलले १९, आइन हामिजा हसिमले १५ र नुर डानिया स्युहदाले ११ रन बनाइन ।
नेपालका लागि कविता कुँवर र राजमति ऐरीले समान तीन÷तीन विकेट लिनुभयो भने रचना चौधरीले एक विकेट हात पारे ।