What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

सरकार कानुन बनाउने, कार्यान्वयन नगर्ने, जताततै ठगी, सरकार हेरेको हेर्यै
What To Know
- न खान पाउँछन् न पढ्न । मुलुकमा तीन तहको सरकार छ । तर, जुवातास खेलाउने र घरेलु मदिरा बनाएर बेच्नेहरुको सामुन्ने तीनै तहको सरकार निरीह छ । न यस्ता मदिरा बेच्नेलाई समात्छ न जुवातास खेलाउनेलाई । जनता सुकुम्बासी भइरहँदा सरकार टुलुटुलु रमिता हेरेर बसेको छ ।.
- अर्कोतर्फ ट्याटुबाट रोग लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ । पैसा तिरीतिरी सर्वसाधारण आफ्नो काल निम्त्याइरहेका छन् । तर, सरकारले यसविषयमा बेवास्ता गरेको छ । जनतामा सचेतना जगाउन सरकार नाकाम भइसकेको छ । व्यापारीलाई जसरी पनि कमाउनुछ । ऐनकानुनको धज्जी उडाउँदा सरकार व्यवसायीको अगाडि निरीह छ ।.
अनुसा थापा
कानुनले जुवातास, कौडा, लंगुरगुच्चा खेल्न र खेलाउन बर्जित गरेको छ । त्यसैगरी, घरेलु मदिरा बनाएर बिक्रीवितरण गर्न पाइँदैन । चाडपर्व नजिकिएसँगै सडक छेउछाउ लंगुरगुच्चा खेलाएको छ्याप्छ्याप्ती देखिन्छ । यता, घरघरमा लुकिछिपी तास र कौडा खेलाउन थालिएको छ ।
यस्ता खेल खेल्नु भनेको आफ्नो सम्पत्ति सकाएर सडक छाप हुनु हो । खेलमा उनीहरुले लाखदेखि करोडसम्म हार्छन् । आफ्नो सबै सकिएपछि उनीहरु सुकुम्बासी हुन्छन् । कतिपय गलत बाटो जान्छन् । बाठाटाठाले लंगुरगुच्चा, जुवातास र कौडा खेलाएर पैसा लुटिरहेका छन् । भुरादेखि बुढासम्म लंगुरगुच्चा खेलिरहेको देखिन्छ ।
उता, दशैं लागेसँगै भट्टी पसलमा बिहानैदेखि भीड लाग्न लागेको छ । तर, त्यो रक्सीले आफ्नो स्वास्थ्यमाथि खेलबाड गरिरहेको छ भनि सोचिएको पाइँदैन । खान अयोग्य र विषालु पदार्थ मिसाएर रक्सी बनाइन्छ । रासायनिक मल, सख्खर, राँगा भैँसीको हड्डी मिसाएरलगायतका खान अयोग्य सामान हालेर रक्सी बनाउने गरिएको छ ।
यस्ता रक्सीले कलेजो र फोक्सो खत्तम बनाउँछ । रक्सीले पैसा पनि सिद्याउँछ, ज्यान पनि । भट्टी पसलले यत्तिकै रक्सी दिँदैन । मँहगो मूल्य तिर्नुपर्छ । अर्कोतिर, त्यसले कलेजो, फोक्सो र मृर्गौलामा हानि गर्ने हुँदा उपचार गर्दापनि ठूलो धनराशि सकिन्छ । जसका कारण रक्सी खानेहरु जसरी पनि सडकमा आउँछन् नै ।
रक्सी खानु आफ्नो र आफ्नो परिवारको जिन्दगी बर्बाद बनाउनु हो । नशाको तालमा झगडा गर्यो, या कसैलाई हिर्कायो भने के हुन्छ ? अर्कोतिर, गाडीले हानेर मार्यो भने ? घरको एउटा सदस्यले रक्सी खान्छन्, जुवातास खेल्छन् तर भोग्नु पुरै परिवारले पर्छ । जुन घरमा अभिभावकलाई रक्सी र जुवातासको लत लागेको हुन्छ, त्यस घरमा छोराछोरीले निकै दुःख पाउँछन् ।
न खान पाउँछन् न पढ्न । मुलुकमा तीन तहको सरकार छ । तर, जुवातास खेलाउने र घरेलु मदिरा बनाएर बेच्नेहरुको सामुन्ने तीनै तहको सरकार निरीह छ । न यस्ता मदिरा बेच्नेलाई समात्छ न जुवातास खेलाउनेलाई । जनता सुकुम्बासी भइरहँदा सरकार टुलुटुलु रमिता हेरेर बसेको छ ।
कमाऊ, खाऊँ, लाऊँ भन्ने उमेरमा यस्ता गलत लतमा फसेपछि समाज कसरी अघि बढ्छ ? कसरी सुध्रिन्छ ? पछिल्लो समय समाज गलत बाटोमा गइरहेको छ । पढ्नलेख्न भन्दापनि ट्याटु हान्ने, लागुऔषध सेवन गर्नतर्फ कलिला उमेरका बालबालिकाको ध्यान केन्द्रित छ । अरुको देखासिकी गर्ने क्रम हामीकहाँ बढेको छ ।
आफैंले आफ्नो भविष्य अन्धकारमा हाल्ने काम भइरहेको छ । कलेज पढ्ने विद्यार्थीहरु शरीरमा ट्याटु हानेर हिँडेको यत्तिकै देखिन्छ । ट्याटले भविष्यमा धेरै नोक्सानी पुर्याउँछ भन्ने उनीहरुको सोचेकै पाइँदैन । सरकारी जागिर खान, वैदेशिक रोजगारीमा जान ट्याटु बाधक बन्न सक्छ । अनि त्यतिबेला के गर्ने ?
अर्कोतर्फ ट्याटुबाट रोग लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ । पैसा तिरीतिरी सर्वसाधारण आफ्नो काल निम्त्याइरहेका छन् । तर, सरकारले यसविषयमा बेवास्ता गरेको छ । जनतामा सचेतना जगाउन सरकार नाकाम भइसकेको छ । व्यापारीलाई जसरी पनि कमाउनुछ । ऐनकानुनको धज्जी उडाउँदा सरकार व्यवसायीको अगाडि निरीह छ ।
सर्वसाधारणलाई विषालु पदार्थ खुवाएर पैसा कमाइरहँदा त्यस्ता व्यापारीलाई कानुनको दायरामा ल्याउन सकिएको छैन ।
जताततै ठगी, सरकार हेरेको हेर्यै
दशैं लागेसँगै बजारमा ठगीधन्दा मौलाएको छ । यातायात व्यवसायीले सरकारले तोकेको भन्दा दोब्बर तेब्बर भाडा लिएर ठगिरहेका छन् । दशैंमा सबैभन्दा बढी उपभोग हुने मासु हो । मासुको भाउ मनलाग्दी छ । पसलैपिच्छे फरक फरक छ । किसानसँग साढे चार सय रुपैयाँ किलोमा खसी किनेर ल्याएर व्यापारीले साढे ६ सय रुपैयाँसम्म किलोमा बेच्छन् ।
मासु पसलेले खसी काटेर किलोकै १४ सयमा बेचिरहेका छन् । च्यांग्रा र कुखुराको हकमा पनि त्यहीँ हो । वर्षौं पाल्ने, दुःख गर्ने किसानको हातमा केही पर्दैन । खाने सँधै व्यवसायी । व्यवसायीहरुले मनलाग्दी मूल्य लिएर उपभोक्ता ठगिरहँदा सरकारले केही पनि गर्न सकेको छैन ।
जुनसुकै सरकार आएतापनि सर्वसाधारण कहिलै लुटिनबाट मुक्त नहुने भए । दशैं शुरु भएसँगै चोरहरुको त्रास बढेको छ । चाडबाडमा सबैभन्दा धेरै लुटपाट र चोरीको घटना हुन्छ । यस्तोमा सर्वसाधारण आफैं सचेत हुनुपर्छ । कतै निस्किनु परेमा घरधनी वा छिमेकलाई जानकारी गराउनुपर्छ ।
त्यसैगरी, किनमेल गर्न जाँदापनि निकै सचेत हुनुपर्छ । बाटोमै लुटपाट हुने सम्भावना अत्याधिक हुन्छ । दशैं व्यापारीका निम्ति कमाउने मौका हो । उनीहरुले यतिबेला व्यापक कालोबजारी गर्छन् । सरकारले कर्मचारी खटाएर बजारको तीव्र अनुगमन गर्न जरुरी छ । यता, सडकमा पनि ठाउँठाउँमा चेकजाँच गरिनुपर्छ ।
सीट क्षमताभन्दा बढी यात्रु हाल्ने यातायात व्यवसायीलाई कारबाही गरिनुपर्छ । सरकारको काम जनताको ज्यान जोगाउनु हो । सरकारको पहिलो प्राथमिकतामा जनताको जनधन पर्नुपर्छ । विडम्बना, सरकार आफ्नो दायित्व निर्वाहमा चुकेको छ । न जनको सुरक्षा गर्न सकेको छ न धनको ।
बाठाटाठाले जुवातास खेलाएर धन सकाइरहेका छन् भने रक्सी खुवाएर ज्यान । तर, उनीहरुलाई कानुनले छुँदैन । यहाँ जसले सक्छ, त्यसले लुटिरहेको अवस्था छ । सार्वजनिक यातायातमा पकेटमारहरु छ्याप्छ्याप्ती छन् । बस चढ्न डरमर्दो भएको छ । बेरोजगारी र मँहगीका कारण यस्ता धन्दामा संलग्न हुनेहरु बढेका हुन् ।
उता, सडक छेउछाउ, आकाशे पुल, मठमन्दिरमा माग्नेहरुको संख्या पनि ह्वात्तै बढेको छ । अशिक्षा र गरिबीका कारण जनताहरु गलत लतमा फस्दैछन् । तर, प्रधानमन्त्री, मन्त्री र कर्मचारीहरु आफ्नै सेवासुविधामा ध्याउन्न छन् । सरकारी गाडीमा चढ्न पाउँदा र महिनैपिच्छे लाखौं तलबभत्ता खान पाउँदामा उनीहरु रमाएका छन् ।
स्थानीय पालिकासहित संघीय सरकारअन्तर्गत बजार अनुगमनका निम्ति विभागहरु छन् । तर, कुनैपनि निकायबाट बजारमा निस्किएको देखिँदैन । जनप्रतिनिधि र कर्मचारीहरु जनताले तिरेको करले दिएको तलबले नपुगेर व्यापारीको ढोका ढक्काउन पुग्छन् । उनीहरु दशैं खर्च र चुनाव खर्च माग्न जान्छन् ।
अनि व्यापारीले त्यो पैसा उपभोक्तासँग असुलउपर गर्छन् । जताबाट मारमा पर्ने पनि जनता र उपभोक्ता । वर्तमान प्रधानमन्त्री, गृहमन्त्री र उद्योगमन्त्री न्याय क्षेत्रका हुन् । उनीहरुलाई त कानुन राम्ररी थाहा छ । कानुनअनुसार धमाधम कारबाही गर भनेर निर्देशन दिन नसक्नेहरुले अरु के गर्छन् ?
कानुनले कालोबजारी र सिण्डिकेट लगाउन नपाउने भनेको छ । नेपालले खुला अर्थतन्त्रको नीतिलाई आएको छ । तर, यातायात व्यवसायीले त सिण्डिकेट लगाएका छन् । कालो र हरियो प्लेटको ट्याक्सी, फो स्ट्रक टेम्पो, कालीमाटीमा चल्ने ढुवानी गाडीको दर्ता बन्द छ । वर्तमान यातायातमन्त्री कुलमान घिसिङ्गसँग सिण्डिकेट तोड्ने आँट छ ?
उनी नयाँ ट्याक्सी, फो स्ट्रक टेम्पो र ढुवानी गाडीको दर्ता खोल्न सक्छन् ? नेपालको कानुन एकातिर छ, कार्यान्वयन अर्कोतिर । २० वर्षे पुराना ट्याक्सीको स्क्रयाप गरेको नम्बर प्लेट ९ लाखमा बिक्री भइरहेको छ, जुन गैरकानुनी हो । अब भनौं कानुन कहाँ छ ? कार्यान्वयन कसले गर्ने हो ?