What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

उच्चस्तरीय जाँचबुझ आयोगले थाल्याे काम
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएको ७४ जनाको मृत्यु र सार्वजनिक सम्पत्तिमा पुगेको क्षतिको छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबारदेखि काम सुरु गरेको छ।
असोज ५ गते मन्त्रिपरिषद्ले पुनरावेदन अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको हो। आयोगमा नेपाल प्रहरीका पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन्।
आयोगलाई तीन महिनाभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ। यसले आन्दोलनका घटनामा मानवीय र भौतिक क्षतिको छानबिन, कारण पहिचान, दोषीमाथि कारबाहीका लागि सिफारिस र भविष्यमा यस्ता घटना रोक्न सुझाव दिने कार्यादेश पाएको छ।
कानुनबमोजिम आयोगलाई प्रमाण संकलन, बयान लिन, लिखत माग गर्न र खानतलासी गर्ने अधिकार दिइएको छ।