काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
एन आई सी एशिया बैंकका ग्राहकलाई लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट
काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकले अब नवलपरासीको बर्दघाटस्थित लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट पाउने भएका छन्।
बैंक र रिसोर्टबीच विशेष सम्झौता भएपछि ग्राहकले रिसोर्टको सेवा लिँदा डिजिटल माध्यममार्फत भुक्तानी गरेमा छुट सुविधा पाउने व्यवस्था भएको हो।
ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) एप प्रयोग गरी भुक्तानी गरेपछि छुट पाउने बैंकले जनाएको छ।
बैंकका अनुसार यो सहकार्यले ग्राहकलाई छुट सुविधा दिने मात्र नभई डिजिटल भुक्तानी सेवाको प्रयोगलाई प्रवर्द्धन गर्ने र नगदरहित कारोबारलाई अझ सशक्त बनाउन योगदान पुर्याउने विश्वास लिएको छ।






