नेपानको ११औँ अध्यक्षमा पुडासैनी चयन

What To Know

  • २०५१ सालमा स्थापित नेपानमा हाल देशभर छरिएर रहेका करिब साढे तीनसय सदस्य रहेका छन् । नेपालमा सहभागीमूलक विकास प्रक्रियाको उत्थान र अधिकारमुखी समावेशी विकास प्रक्रियालाई सहजीकरण गर्दै यस संस्थाले हालसम्म हजारौं व्यक्तिलाई प्रशिक्षण तथा दर्जनौं व्यक्तिलाई इन्टर्नसिप प्रदान गरेको छ । साथै, अनुसन्धानमा आधारित नतिजाका आधारमा नेपाल सरकारको नीति तथा थिति परिवर्तनमा पनि वकालती भूमिका सशक्तरुपमा खेल्दै आएको छ ।ज्येष्ठ नागरिकका सवालको अनुसन्धान गर्नमा यो संस्था नेपालमा नै अग्रणी रहेको छ । साथै, ‘सहभागिता’ नामक विकास म्यागाजिन र PARTICIPATION नामक वार्षिक अंग्रेजी जर्नल प्रकाशन पनि नेपानको विशेषता रहिआएको छ । ३१औं साधारण सभाको अवसर पारेर “सहभागिता” को ५९औं अंक (जलवायु परिवर्तन विशेषांक) र PARTICIPATION को २५औं अर्थात् रजत अंक (अंक १ देखि २४ सम्मका १६३ लेखका सारांश विशेष) पनि लोकार्पण गरिएको थियो ।.
  • सोही अवसरमा नेपानले वार्षिक रूपमा प्रदान गर्दै आएको २०८२ सालको “प्रसिद्ध विकास लेखन पुरस्कार” वरिष्ठ लेखिका तथा साहित्यकार सुलोचना मानन्धर धिताललाई र २०८२ सालकै “भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार” कैलाली धनगढीका वातावरण अभियन्ता तथा विकास सहजकर्ता रविन्द्र लामिछानेलाई प्रदान गरिएको थियो । दुबै पुरस्कारको राशि दश–दश हजार र सम्मानपत्र रहेको छ । नेपानका सदस्यहरूमध्ये वर्षभर स्वयंसेवीरूपमा उत्कृष्ट कार्य गर्ने सदस्य दीपक जोशी पोखरेललाई पनि वार्षिक साधारणसभाको अवसर पारेर सम्मान गरिएको थियो ।.

काठमाडौं । विगत तीन दशकदेखि नेपालको विकास क्षेत्रमा सक्रिय नेटवर्क संस्था नेपाल सहभागीमूलक कार्य समूह (नेपान) को नयाँ अध्यक्षमा अश्विनकुमार पुडासैनी चयन भएका छन् । शनिवार राजधानीमा सम्पन्न नेपानको ३१औं साधारणसभाले नयाँ कार्यसमिति बनाएको हो । संस्थाको ११ सदस्यीय नवगठित कार्यसमितिमा उपाध्यक्ष कर्णबहादुर नेपाली, सचिव श्रीराम केसी, कोषाध्यक्षमा पद्मा शाक्य र सदस्यहरूमा डा. गिरी पन्थी, डा. जानुका न्यौपाने, डा. मेनुका कार्की, विजया खनाल दाहाल, रामहरि अधिकारी, कृष्ण शर्मा र हरिबहादुर देवकोटा रहेका छन् । यसअघि नेपानका अध्यक्ष भोला भट्टराई थिए ।

बि. सं. २०५१ सालमा स्थापित नेपानमा हाल देशभर छरिएर रहेका करिब साढे तीनसय सदस्य रहेका छन् । नेपालमा सहभागीमूलक विकास प्रक्रियाको उत्थान र अधिकारमुखी समावेशी विकास प्रक्रियालाई सहजीकरण गर्दै यस संस्थाले हालसम्म हजारौं व्यक्तिलाई प्रशिक्षण तथा दर्जनौं व्यक्तिलाई इन्टर्नसिप प्रदान गरेको छ । साथै, अनुसन्धानमा आधारित नतिजाका आधारमा नेपाल सरकारको नीति तथा थिति परिवर्तनमा पनि वकालती भूमिका सशक्तरुपमा खेल्दै आएको छ ।ज्येष्ठ नागरिकका सवालको अनुसन्धान गर्नमा यो संस्था नेपालमा नै अग्रणी रहेको छ । साथै, ‘सहभागिता’ नामक विकास म्यागाजिन र PARTICIPATION नामक वार्षिक अंग्रेजी जर्नल प्रकाशन पनि नेपानको विशेषता रहिआएको छ । ३१औं साधारण सभाको अवसर पारेर “सहभागिता” को ५९औं अंक (जलवायु परिवर्तन विशेषांक) र PARTICIPATION को २५औं अर्थात् रजत अंक (अंक १ देखि २४ सम्मका १६३ लेखका सारांश विशेष) पनि लोकार्पण गरिएको थियो ।

सोही अवसरमा नेपानले वार्षिक रूपमा प्रदान गर्दै आएको २०८२ सालको “प्रसिद्ध विकास लेखन पुरस्कार” वरिष्ठ लेखिका तथा साहित्यकार सुलोचना मानन्धर धिताललाई र २०८२ सालकै “भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार” कैलाली धनगढीका वातावरण अभियन्ता तथा विकास सहजकर्ता रविन्द्र लामिछानेलाई प्रदान गरिएको थियो । दुबै पुरस्कारको राशि दश–दश हजार र सम्मानपत्र रहेको छ । नेपानका सदस्यहरूमध्ये वर्षभर स्वयंसेवीरूपमा उत्कृष्ट कार्य गर्ने सदस्य दीपक जोशी पोखरेललाई पनि वार्षिक साधारणसभाको अवसर पारेर सम्मान गरिएको थियो ।

नेपानलाई विश्वकै एक जीवन्त विकास नेटवर्किङ संस्था मानिन्छ र यसले सदस्यहरूकै मुठीदानबाट कोटेश्वरको जनतामार्ग, सहयोगीनगरमा एक दशकअघि आफ्नै घर (नेपान घर) समेत बनाएको छ । नेपानले अहिले पनि दिगो विकासका लागि अक्षयकोषको अवधारणालाई अघि बढाइरहेको जानकारी पूर्वअध्यक्ष तथा प्रसिद्ध विकास लेखन पुरस्कारका संस्थापक एवं भोला दाहाल स्मृति पुरस्कारका प्रवद्र्धक डा. चेतनाथ कणेलले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *