दबाब थेग्न नसकेपछि सरकारले सामाजिक सञ्जालमाथिकाे प्रतिबन्ध हटायाे

What To Know

  • काठमाडौं। सरकारले लगाएको सामाजिक सञ्जाल प्रतिबन्ध हटाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालहरू पुनः सञ्चालन गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।.
  • प्रतिबन्धमा परेका प्लेटफर्ममध्ये एक्स (पूर्व ट्विटर) ले नेपालमा दर्ता नगर्ने अडान लिएको प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा जानकारी गराएका थिए। एक मन्त्रीका अनुसार सो प्लेटफर्मले नेपालको कानुन र राष्ट्रिय स्वाभिमानलाई बेवास्ता गर्ने जवाफ दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भने, “हामी डेढ वर्षदेखि सूचीकृत हुन र नेपालको कानुन मान्न आग्रह गर्दै आएका थियौं। तर उनीहरूले त्यसको कदर गरेनन्। यसरी राष्ट्रको अपमान गर्ने व्यवहारलाई हामी कसरी स्वीकार गर्ने.

काठमाडौं। सरकारले लगाएको सामाजिक सञ्जाल प्रतिबन्ध हटाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालहरू पुनः सञ्चालन गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

गुरुङका अनुसार मन्त्रिपरिषद्को निर्णयसँगै सामाजिक सञ्जालहरू सञ्चालनमा फर्किएका छन्। तर, बन्द गर्ने निर्णयलाई सरकारले गल्ती मानेको छैन। उनले आन्दोलन चर्किएपछि मात्र प्रतिबन्ध खोलेको स्पष्ट पारे।

प्रतिबन्धमा परेका प्लेटफर्ममध्ये एक्स (पूर्व ट्विटर) ले नेपालमा दर्ता नगर्ने अडान लिएको प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा जानकारी गराएका थिए। एक मन्त्रीका अनुसार सो प्लेटफर्मले नेपालको कानुन र राष्ट्रिय स्वाभिमानलाई बेवास्ता गर्ने जवाफ दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भने, “हामी डेढ वर्षदेखि सूचीकृत हुन र नेपालको कानुन मान्न आग्रह गर्दै आएका थियौं। तर उनीहरूले त्यसको कदर गरेनन्। यसरी राष्ट्रको अपमान गर्ने व्यवहारलाई हामी कसरी स्वीकार गर्ने?”

तर निरन्तरको विरोध र सत्तारूढ दलभित्रै दबाब बढेपछि सरकारले प्रतिबन्ध फिर्ता लिएको हो। आन्दोलनकै क्रममा काठमाडौंमा १७ र इटहरीमा २ जनाको ज्यान गएको थियो।

गत भदौ १९ गते सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले सामाजिक सञ्जाल बन्द गरिएको थियो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *