What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
एनआईसी एशिया बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा १० प्रतिशत छुटको सुविधा
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले अब फ्रन्टलाइन हस्पिटलको सेवा लिँदा डिजिटल माध्यमबाट भुक्तानी गरेमा १० प्रतिशत छुट पाउने भएका छन्।
नोबल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन प्रा.लि.—फ्रन्टलाइन हस्पिटल र एनआईसी एशिया बैंकबीच सेवा छुटसम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार बैंकका ग्राहकले काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलका सेवाहरुमा डिजिटल भुक्तानी गरेमा छुट प्राप्त गर्न सक्नेछन्।
सम्झौतापत्रमा बैंकतर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र हस्पिटलतर्फबाट क्लिनिकल प्रेसिडेन्ट डा. योगेश न्यौपानेले हस्ताक्षर गरेका हुन्।
उक्त सुविधा प्राप्त गर्न ग्राहकले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) एप प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।
बैंकले यो सहकार्यबाट ग्राहकलाई स्वास्थ्य सेवा पहुँचमा सहजता हुनुका साथै मुलुकमा डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन र नगदरहित कारोबारमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।






