वरिष्ठ पत्रकार भैरव रिसालकाे निधन

काठमाडाैं । वरिष्ठ पत्रकार तथा लेखक भैरव रिसाल (९७)को निधन भएको छ। आइतबार काठमाडौंको फ्रन्टलाइन हस्पिटलमा उनको निधन भएको हाे ।

रिसालले मृत्युपछि शरीर दान गरेकाले शव पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुझाइने उनकी छाेरी सुष्मा रिसालले बताइन्।

वि.सं. १९८५ साउन २८ गते जन्मिएका पत्रकार रिसाल २०१३ सालदेखि पत्रकारिता क्षेत्रमा आवद्ध थिए। पत्रकार रिसाल नेपाली भूमि लिपुलेक र लिम्पियाधुरामा जनगणना काममा सहभागी भएका थिए ।

राष्ट्रिय समाचार समितिमा लामो समय काम गरेका पत्रकार रिसाल राससमा अवकाशपछि वातावरण पत्रकारिता र रेडियो सगरमाथामा आवद्ध रहे ।

रेडियो सगरमाथाको स्थापनाकालदेखि संलग्न पत्रकार रिसालले लामो समयसम्म रेडियो कुराकानी स्तम्भमा आफ्नो विचार प्रस्तुत गर्थे भने उहिले बाजेका पालामा नामक कार्यक्रम चलाउथे ।

उनी रासससबाट प्रमुख संवाददाता भएर अवकाश भएका थिए ।

पत्रकार रिसालले आफ्नो देहावसानपछि शरिरलाई मेडिकल अध्ययन प्रयोजनका लागि दान दिने घोषणा गरेका थिए ।

उनी जयतु संस्कृतम आन्दोलनमा पनि सक्रिय थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *