What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
१२ वर्षीया बालिका आमा बन्दै, सुत्केरी गराउन प्रधानमन्त्री कार्यालयको चासो
What To Know
- हेटाैंडा । १२ वर्षमै आमा बन्न लागेकी बालिकाकाे उपचारका लागि प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ । गर्भवती बालिकाकाे सुत्केरी अवस्थामा उच्च जोखिम हुन सक्ने भएकाले सुरक्षित ढंगले सुत्केरी गराउन प्रधानमन्त्री कार्यालयले चासो देखाएको हो । अाजकाे कान्तिपुर दैनिकमा समाचार छ ।.
- मकवानपुरको राक्सिराङ गाउँपालिकाकी १२ वर्षीया ती बालिकालाई सुरक्षित ढंगले सुत्केरी गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन बमोजिम मंगलबार काठमाडाैं लगिदैँछ।.
हेटाैंडा । १२ वर्षमै आमा बन्न लागेकी बालिकाकाे उपचारका लागि प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ । गर्भवती बालिकाकाे सुत्केरी अवस्थामा उच्च जोखिम हुन सक्ने भएकाले सुरक्षित ढंगले सुत्केरी गराउन प्रधानमन्त्री कार्यालयले चासो देखाएको हो । अाजकाे कान्तिपुर दैनिकमा समाचार छ ।
मकवानपुरको राक्सिराङ गाउँपालिकाकी १२ वर्षीया ती बालिकालाई सुरक्षित ढंगले सुत्केरी गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन बमोजिम मंगलबार काठमाडाैं लगिदैँछ।
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार प्रधानमन्त्री कार्यालयको निर्देशन अनुसार गर्भवती बालिकालाई गाँउपालिका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिमडुङले सोमबार वेलुका हेटौडा अस्पतालामा ल्याएका छन्।
हेटौंडा अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछि काठमाडाैं पठाउने तयारी भइरहेको प्रअिज तामाङले बताए। चार कक्षामा अध्ययन गर्दागर्दै उनले गाँउकै चेपाङ किशोरसँग गत वर्षे प्रेम विवाह गरेकी हुन्। उनी गर्भवती भएको सञ्चारमाध्यममा आएपछि प्रधानमन्त्री कार्यालयले चासो व्यक्त गरेको हो।






