फेरि फाइनलमा चुक्याे नेपाल, उपाधि जित्ने सपना १३ औँ पटक अधुरै

काठमाडाैं । इन्टरनेशनल वुमेन्स च्याम्पियिनसिप फुटबलको उपाधि म्यानमारले जितेको छ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रगंशालमा भएकाे खेलमा खेलमा घरेलु टोली नेपाललाई २-० ले हराउँदै उपाधि हात पारेकाे हाे । याे सँगै नेपालकाे उपाधि जित्ने सपना यसपालि पनि अधुरै रह्याे । अन्तर्राष्ट्रिय फुटबलमा नेपाली महिला टाेली फाइनमा पुगेकाे याे १३ औँ  पटक हाे ।

निकै रोमान्चक बनेको फाइनल खेलमा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। त्यसपछि खेलको ६२औँ मिनेटमा म्यानमारले गोल गर्द नेपालविरुद्ध अग्रता लिएको थियो।

पहिलो गोल भएको दुई मिनेटपछि नै म्यानमारले नेपालविरुद्ध दोस्रो गोल गर्यो। म्यानमारको लागि पहिलो गोल यु पर कियाङले गरिन्।

त्यसपछि खेलको ६४औँ मिनेटमा विङ तेइन्जी तुनले  गाेल थपिन् ।

खेलमा नेपालले पटक पटक राम्रो अवसर पाए पनि त्यसको सदूपयोग गर्न सकेन। म्यानमारले सम्पनन प्रतियोगिताको पहिलो खेलमा लेबनानलाई ३- १ ले पराजित गरेको थियो भने दोस्रो खेलमा र्किगिस्तानलाई ५- ० को गोलले हराएर एक खेलअघि नै फाइनलमा आफनो स्थान बनाएको थियो।

प्रतियोगिता अन्तर्गत भएको अन्तिम खेलमा घरेलु टोलीलेसँग म्यानमारले २- २ को बराबरी खेलेको थियो।

गत फागुन ५ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक राष्ट नेपालसहित, लेबनान, र्किगिस्तान र म्यानमारले सहभागीता जनाएको थियो।

नेपालले खेलेका १३ फाइनल

साफ महिला च्याम्पियनसिप
२०१० फाइनलः भारतसँग १–० ले पराजित
२०१२ फाइनलः भारतसँग ३–१ ले पराजित
२०१४ फाइनलः भारतसँग ६–० ले पराजित
२०१९ फाइनलः भारतसँग ३–१ ले पराजित
२०२२ फाइनलः बंगलादेशसँग ३–१ ले पराजित
२०२४ फाइनल: बंगलादेशसँग २–१ ले पराजित

दक्षिण एसियाली खेलकुद (साग)
२०१० फाइनलः भारतसँग ३–१ ले पराजित
२०१६ फाइनलः भारतसँग ४–० ले पराजित
२०१९ फाइनलः भारतसँग २–० ले पराजित

२०१९ हिरो वुमन्स गोल्डकप
फाइनलः म्यानमारसँग ३–१ ले पराजित

२०१९ नादेज्दा कप
फाइनलः उज्वेकिस्तानसँग ३–२ ले पराजित

२०२४ वाफ वुमन्स च्याम्पियनसिप
फाइनलः जोर्डनसँग पेनाल्टीसुटआउटमा ५–३ (२–२) ले पराजित

२०२५ इन्टरनेसनल वुमन्स च्याम्पियनसिप
फाइनल: म्यानमार २–० नेपाल ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *