What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

सरकारकाे बहीखाता : सार्वजनिक ऋण पौने दुई खर्ब थपियो
What To Know
- सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, गत असार मसान्तसम्म सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब रुपैयाँ थियो भने माघ मसान्तसम्म यो २६ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ।.
- राजस्व आम्दानीभन्दा खर्च बढी हुँदा पछिल्ला वर्षहरूमा ऋण लिने प्रवृत्ति बढेको छ। चालू आव २०८१/८२ मा सरकारले पाँच खर्ब ४७ अर्ब रुपैयाँ ऋण लिने लक्ष्य राखेको थियो, जसमा हालसम्म २ खर्ब ९० अर्ब रुपैयाँ ऋण लिइसकिएको छ।.
काठमाडाैं । नेपाल सरकारले लिएको ऋण बढेको छ। आम्दानी भन्दा खर्च धेरै भएपछि सरकारकाे बहीखातामा चालू आर्थिक वर्षमा मात्रै झन्डै दुई खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएकाे छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, गत असार मसान्तसम्म सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब रुपैयाँ थियो भने माघ मसान्तसम्म यो २६ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ।
सार्वजनिक ऋणलाई कुल गार्हस्थ्य उत्पादनसँग तुलना गर्दा, माघ मसान्तसम्म देशको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४५.७७ प्रतिशत पुगेको छ।
अर्थशास्त्रीहरूले नेपालको सार्वजनिक ऋण चिन्ताजनक अवस्थामा पुगिनसकेको भने पनि, ऋणको तीव्र वृद्धिप्रति चिन्ता व्यक्त गरेका छन्। एक दशकअघि सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको २२ प्रतिशत थियो भने अहिले यो दोब्बर भएको छ।
सार्वजनिक ऋणमध्ये आधा विदेशी संस्था र मुलुकबाट लिइएको ऋण हो भने आधा देशभित्रकै ऋण हो।
राजस्व आम्दानीभन्दा खर्च बढी हुँदा पछिल्ला वर्षहरूमा ऋण लिने प्रवृत्ति बढेको छ। चालू आव २०८१/८२ मा सरकारले पाँच खर्ब ४७ अर्ब रुपैयाँ ऋण लिने लक्ष्य राखेको थियो, जसमा हालसम्म २ खर्ब ९० अर्ब रुपैयाँ ऋण लिइसकिएको छ।
पुरानो ऋणको सावाँ-ब्याज भुक्तानीमा सरकारको ठूलो रकम खर्च भएको छ। यस वर्ष सावाँ-ब्याज तिर्न चार खर्ब दुई अर्ब छुट्याइएका मध्ये एक खर्ब ८८ अर्ब तिरिसकिएको छ।