What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

एनपिएलमा लुम्बिनीको पहिलो जित
काठमाडौं । जारी एनपिएलमा चितवन राइनोजमाथि लुम्बिनी लायन्सले जित निकालेको छ। कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शनले लुम्बिनीलाई जित दिलाएको हो।
पौडेलले आजको खेलमा ८० रन प्रहार गर्नुका साथै ४ विकेट लिएपछि चितवन हार्न पुग्यो। लुम्बिनीले दिएको १६८ रनको लक्ष्यलाई चितवनले पछ्याउने क्रममा १३४ रनमात्र बनाउन सक्यो।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीका लागि मार्की प्लेयर पौडेलले ८० रन, सादबिन जाफरले ५२ रन बनाए।