What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबिच भेटवार्ता
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार साँझ भेटवार्ता भएको हो।
भेटमा प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिनुभयो। भेटमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिनुभएको उहाँको भनाइ छ।
राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री डा. आरज़ु राणा देउवासमेत सो भेटवार्तामा सहभागी हुनुहुन्थ्यो। भेटको अवसरमा परराष्ट्र मन्त्री डा. देउवाले आफूले गरेको चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो।
मङ्सिर १७ गते प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जानुहुने कार्यक्रम रहेको छ।