नेपाली बजारमा सुनको भाउकाे पुनः नयाँ रेकर्ड, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं । नेपाली बजारमा सुनको भाउले पुनः नयाँ रेकर्ड बनाएको छ। गत शुक्रबार १ लाख ५६ हजार ३०० रुपैयाँ पुगेर रेकर्ड बनाएको सुनको मूल्यले, यस दिन सो रेकर्ड तोडेर अर्को नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ८०० रुपैयाँ रहेको छ। सुनको यो मूल्य हालसम्मकै उच्च हो। गत शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको हो।

चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन अर्थात शुक्रबार, तोलाको १ हजार ८६० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।

अमेरिकाकाको केन्द्रीय बैंक फेडरल रिजर्भ बैंकले ब्याजदर घटाउने चर्चाले अन्तर्राष्ट्रिय बजारमा सुन महँगिएको सञ्चारमाध्यम रोयटर्सले जनाएको छ । यो साता नै फेडरल रिजर्भ बैंकले सन्दर्भ ब्याजदर घटाउने करिब निश्चित भएसँगै लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *