महाकवि लक्ष्मीप्रसाद देवकाेटाकाे घर सरकारले खरिद गर्ने

काठमाडाैँ । महाकवि लक्ष्मी प्रसाद देवकाेटाकाे घर सरकारले खरिद गर्ने भएकाे छ । देवकोटा स्मृति संग्रहालय स्थापनाका लागि सरकारले उहाँकाे घर खरिद गर्न लागेकाे हाे ।

परिवारसँगकाे परामर्शमा उपयुक्त मूल्यमा सरकारले उहाँकाे घर लिने प्रधानमन्त्री के पी अाेलीले ट्वीटर मार्फत जानकारी गराउनुभएकाे छ ।

बुधबार दिउँसाे प्रधानमन्त्री अाेलीले ट्वीटमा भन्नुभएकाे छ,  ‘महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवासलाई परिवारसँगको परामर्शमा उपयुक्त मुल्य तय गरी सरकारले खरिद गर्नेछ र त्यसलाई देवकोटा स्मृति संग्रहालयका रुपमा स्थापित गरिनेछ । जहाँ, उहाँजस्तो विश्वस्तरीय नेपाली साहित्यकारको जीवनसँग जोडिएका तथ्य र सामग्री संग्रहित हुनेछन् ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *