रवि लामिछानेले सभामुखलाई घुर्क्याएर थालेको अभ्यास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंगलबार नेपालकाे संसदीय इतिहासमै नयाँ अभ्यास गरेका छन् । उसै त चटके छन्, लामिछाने त्यसमाथि एटेन्सन लिन असाध्यै जानेका उनले मंगलबार आफूले पाएको समय आफ्ना सांसदलाई दिए । तर लामिछानेले भनेकाे जस्ताे आफूले बाेल्न पाएकाे समय अरू कसैलाई दिने भन्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीमा कतै छैन ।

प्रतिनिधि सभा नियमावलीको कुन बुँदामा यसरी सांसदले आफूले पाएको समय अरुलाई दिने व्यवस्था छ त्यो त कि रविलाई थाहा होला कि त्यसरी सापटी समय दिने अनुरोध सदर गर्ने सभामुखले जानेका होलान् । सांसद ढकाललाई बाेल्न राेकेकाे किन हाे भन्ने पनि प्रष्ट भएन । फेरि बाेल्न दिएकाे किन हाे पनि पत्तै भएन ।

प्रतिनिधिसभा नियमावली २०७९ काे परिच्छेद ४, बैठकको कार्यविधि अन्तर्गत बुँदा १४. मा समयावधिको निर्धारण सम्बन्धि व्यवस्था छ । त्यहाँ समयावधिको निर्धारणः (१) सभामुखले बैठकमा पेश हुने विषयमाथि छलफल गर्न समयावधि तोक्नेछ ।
(२) उपनियम (१) बमोजिम तोकिएको समयावधि समाप्त भएपछि यस नियमावलीमा अन्यथा लेखिएकोमा बाहेक सभामुखले अरू छलफल हुन नदिई सो विषयको टुङ्गो लगाउन आवश्यक सबै प्रस्ताव निर्णयार्थ बैठकमा प्रस्तुत गर्नेछ ।

भनेर लेखिएकाे छ । नियमावलीमा सांसदले आफूले पाएको समय अरु कसैलाई सुम्पने बारे चाहिँ लेखिएको देखिदैन ।

खैर, लामिछानेले घुर्क्याएरै चलाइराखेका छन् । नीति नियम व्यवस्था किन चाहियाे रविले भनेपछि भयाे ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाल बोल्दै थिए । आकस्मिक समयमा ढकालले बोल्दाबोल्दै सभामुखले राेकेर माइककाे लाइन काटियो । उनले विद्युत महसुल बारेका बोल्न खोज्दै थिए । झ्याप्प राेकेर माइक काटियो । उनले पूरा कुरा राख्न पाएनन् ।

माइक काटिएपछि रास्वपा र केही अरू प्रतिपक्ष दलका सांसद उठेर झ्याउँझ्याउँ कराए । अनि सभामुखले लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बाेल्न दिए ।

सभामुखले २ मिनेट भित्र कुरा राख्न भनेर बाेल्न दिएपछि पूर्वगृहमन्त्री समेत रहेका सभापति लामिछानेले आफूले पाएको समय ढकाललाई दिन सभामुखलाई आग्रह गरे ।

उनले भने, ‘सम्मानित सभामुख महोदय, हरि ढकाल जीले यो विषयमा बोल्दै गर्नु भएको उहाँको माइक काटिएको हुनाले यो समय उहाँलाई नै उपलब्ध गराइदिनुहुन विनम्र अनुरोध गर्न चाहान्छु । उहाँले विद्युत महशुलको विषयमा अत्यन्त महत्वपूर्ण कुरा उठाउनु भएको थियो । त्यसकारणले बोल्दाबोल्दैको विद्युत महशुल भन्ने बित्तिकै लाइन काटिनु गम्भीर आपत्तिको विषय हो । सम्मानीय सभामुख महोदय, बोल्दै गरेका माननीय ज्यूलाई निरन्तर रुपमा आफ्नो समय बरु तोकेर यत्ति समयभित्र सक्नुस भनेर आफ्नो विषय सक्नको लागि भनिदिनको लागि मैले अनुरोध गरे सभामुख महोदय ।’

सभामुख घिमिरेले सांसद ढकाललाई बाेल्न राेकिएकाे बारे केही प्रष्ट्याउँदै बैठक अगाडी बढाउन खाेजे । तर, रास्वपासहितका प्रतिपक्ष सांसदले ढिपी छाेडेनन् । केही सीप नलागेपछि सभामुखले लामिछानेकै आग्रह अनुसार गरे ।ढकाललाई दाेहाेर्याएर बोल्न दिए । अनि ढकालले आफ्ना कुरा राखे । ‘समयका लागि धन्यवाद, विषय त भ्रष्टाचार नै हो सभामुख महोदय …..’

प्रतिनिधिसभाको आकस्मिक समयमा सामान्यतया ३ मिनेट (विषय प्रशंग अनुसार) को समय दिने गरिएको छ । त्यही तीन मिनेट (ताेकिएकाे समय) मा बोल्ने बक्ताले आफ्ना कुरा राख्नुपर्ने हुन्छ । ढकालले आफूले पाएको समयमा पूरा कुरा राखेर भ्याएनन् । उनी बोल्दा बोल्दै सभामुख घिमिरेले बोल्न रोके ‘माननीय सदस्य तपाई आफ्नो विषय सिद्धियो त्यहाँ बस्नुस् । किनभने यहाँले यातायातमा परेको अवरोधका बारेमा बोल्नलाई राख्नुभएको थियो । त्यो राखिसक्नु भएको छ, माननीय सदस्यहरुलाई बस्नको लागि अनुरोध गरेँ ।’

त्यसपछि माइक काटियो ।  त्यसो गरेको लामिछानेलाई चित्त बुझेन च्याट्ठी हाले । रास्वपाका सांसदले हाेहल्ला गरे । अड्डी कसे बाेल्न नदिएसम्म बैठक अगाडि बढ्नै दिएनन् । अन्ततः समामुखले लामिछाने रवि कै इच्छा अनुसार गरे ।

लामिछानेसँग कसले सक्नु । सभामुखले सांसद ढकाललाई के भनेर कति समय दिइएको थियो त्यो प्रष्ट भन्नुपर्थ्याे सायद, तर त्यसो किन भनेनन् उनैले जानुन् । विषयकेन्द्रित हुन त भने तर जानकारी गराएकाे विषय के थियाे खुलाएनन् ।

यो भिडियो हेर्नुस्

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *