What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक (पूर्ण पाठ)
काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेका हुन्। मौद्रिक नीतिमा यस वर्ष निजी क्षेत्रमा जाने कर्जा बढ्ने अनुमान गरिएको छ।
नीतिले मौद्रिक सहजीकरणबाट मात्रै माग बढाउनु दीघर्कालीन वित्तीय स्थायित्व जोखिम हुने भन्दै सजगतापूर्ण लचिलो दिशालाई निरन्तरता दिएको छ।
मूल्यवृद्धि दर पाँच प्रतिशतमा सीमित राख्ने नीतिमा उल्लेख छ। त्यस्तै, कर्जा वृद्धिदरको लक्ष्य १२.५ प्रतिशत राखिएको छ। नीतिगत दर ५.५ बाट पाँच प्रतिशतमा झारिएको छ।
नयाँ मौद्रिक नीतिमा निर्माण व्यवसायीलाई सहजीकरण गरिएको छ। चेक अनादर भएका आधारमा निर्माण व्यवसायीलाई कालो सूचीमा नराखिने भएको छ।