नवनियुक्त प्रधानमन्त्री ओलीले लिए देश र जनताको नाममा शपथ, को को बने मन्त्री?

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चौथो पटक प्रधानमन्त्रीको शपथ लिएका छन्।

शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

राष्ट्रपतिले असार ३० गते ओलीलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए। ओली यसअघि २०७२ असोज २५  गते, २०७४ फागुन ३ गते र २०७८ वैशाख ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए।

नेपाली कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीबाट मन्त्री चुनिएका छन्।

मन्त्रीहरूको नाम

केपी शर्मा ओली: प्रधानमन्त्री

प्रकाशमान सिंह : उपप्रधान तथा शहरी विकास
विष्णु पौडेल : उपप्रधानमन्त्री तथा अर्थ
पृथ्वीसुब्बा गुरुङ : सञ्चार तथा सूचना प्रविधि
रमेश लेखक : गृह
शरतसिंह भण्डारी : श्रम, रोजगार तथा सामाजिक सुरक्षा
आरजु राणा : परराष्ट्र
प्रदीप यादव : खानेपानी
बलराम अधिकारी : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण
दामोदर भण्डारी : उद्योग, वाणिज्य तथा आपूर्ति
नवलकिशोर साह सुडी : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
देवेन्द्र दाहाल : भौतिक पूर्वाधार तथा यातायात
तेजुलाल चौधरी : युवा तथा खेलकूद
अजय चौरसिया : कानून, न्याय तथा संसदीय मामिला
प्रदीप पौडेल : स्वास्थ्य तथा जनसंख्या
बद्री पाण्डे : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
रामनाथ अधिकारी : कृषि तथा पशुपन्छी विकास

विद्या भट्टराई : शिक्षा, विज्ञान तथा प्रविधि
मानवीर राई : रक्षा
दीपक खड्का : ऊर्जा, जलस्रोत तथा सिंचाइ
राजकुमार गुप्ता : संघीय मामिला तथा सामान्य प्रशासन
ऐनबहादुर शाही : वन तथा वातावरण

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *