What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
अाेली सरकारलार्इ सर्वोच्चले दियाे फेरि यस्ताे झट्का !
What To Know
- काठमाडाैं । सर्वोच्च अदालतले सरकारलार्इ गत आइतबार मन्त्रिपरिषद्द्धारा गरिएकाे एक निर्णयलार्इ कार्यान्वयन नगर्न आदेश दिएको छ । अदालतले गोरखापत्र संस्थानको महाप्रबन्धकबाट बसन्तप्रकाश उपाध्यायलाई हटाउने निर्णयलार्इ कार्यान्वयन नगर्न आदेश दिएको हाे ।.
- गत आइतबारको मन्त्रिपरिषद् बैठकले मलार्इ हटाउने निर्णय गरेपछि म बाध्य भएर अदालतकाे शरणमा गएकाे उपाध्यायले बताए। उनले भने,’ मलार्इ यसअघि पनि सरकार गठन भएलगत्तै महाप्रबन्धकबाट हटाइएको थियो । त्यसबेला पनि सर्वोच्चको आदेशले म पुनःस्थापित भएकाे थिए।’.
काठमाडाैं । सर्वोच्च अदालतले सरकारलार्इ गत आइतबार मन्त्रिपरिषद्द्धारा गरिएकाे एक निर्णयलार्इ कार्यान्वयन नगर्न आदेश दिएको छ । अदालतले गोरखापत्र संस्थानको महाप्रबन्धकबाट बसन्तप्रकाश उपाध्यायलाई हटाउने निर्णयलार्इ कार्यान्वयन नगर्न आदेश दिएको हाे ।
न्यायाधीश इश्वर खतिवडाको एकल इजलासले सरकारलाई यस्तो आदेश दिएको हाे। आफूलाई हटाउने सरकारको निर्णयप्रति असहमति जनाउदै उपाध्याय सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।
गत आइतबारको मन्त्रिपरिषद् बैठकले मलार्इ हटाउने निर्णय गरेपछि म बाध्य भएर अदालतकाे शरणमा गएकाे उपाध्यायले बताए। उनले भने,’ मलार्इ यसअघि पनि सरकार गठन भएलगत्तै महाप्रबन्धकबाट हटाइएको थियो । त्यसबेला पनि सर्वोच्चको आदेशले म पुनःस्थापित भएकाे थिए।’
उपाध्यायलाई २०७४ मंसिर २५ गते तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा चार वर्षका लागि नियुक्त गरेको हो ।






