What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
संघीय संसदबाट थप २ वटा विधेयक पारित
काठमाडौं । संघीय संसदबाट दुई वटा विधेयक पारित भएका छन् । राष्ट्रिय सभाबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक र प्रतिनिधि सभाबाट अनुगमन तथा मूल्याङ्कन विधेयक पारित भएसँगै यी दुवै विधेयक सङ्घीय संसद्को दुवै सदनबाट पारित भएका हुन् ।
अब राष्ट्रिय सभाबाट पारित भएको विधेयक प्रतिनिधि सभामा र प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभामा जान्छ । सम्बन्धित सभाले स्वीकार गरेपछि सभामुख वा राष्ट्रिय सभा अध्यक्षबाट प्रमाणित भएर प्रमणीकरणका लागि राष्ट्रपतिकहाँ जान्छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनका रूपमा लागू हुनेछ ।
प्रतिनिधि सभाबाट यसअघि नै पास भएर गएको सम्पत्ति शुद्धीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक आज राष्ट्रिय सभाबाट पारित भएको छ । यस्तै आजै प्रतिनिधि सभाले पनि राष्ट्रिय सभाबाट पास भएर गएको अनुगमन तथा मूल्याङ्कन विधेयक पारित गरेको हो ।






