काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
नेपालकाे खराब ब्याटिङ, नामिबियालाई दियो १३३ रनको झिनाे लक्ष्य
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो पहिलो खेलमा नेपालले जितका लागि नामिबियालाई जम्मा १३३ रनको लक्ष्य दिएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा ब्याटिङको निम्तो पाएको नेपालका ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा १३२ रनमै समेटिएको हाे।
घरेलु मैदानमा भएकाे खेलमा पनि शुरूआतदेखि नै दबाबमा परेको नेपालले ४०.१ ओभरमा १३२ रन मात्रै बनाउन सक्यो। याे घरेलु मैदानमा नेपालको अहिलेसम्मकै न्यून योगफल हाे । यसअघि घरेलु मैदानमा नेपालको न्यून स्कोर १७९ रन थियो।
नेपालका लागि भीम सार्कीले ४४, गुल्सन झाले २१, करण केशीले १६, कुशल मल्लले १५ र पवन सर्राफले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
शीर्ष ४ ब्याटरले दोहोरो अंकको रन नै बनाउन नसकेको अवस्थामा पाँचौ नम्बरमा ब्याटिङमा आएका भीम सार्कीले नेपाली पारी सम्हाल्ने प्रयास गरेका थिए । तर सार्की ४४ रनमा एलबीडब्लू आउट भए ।
सार्की आउट हुनुअघि नै पाँचौ विकेटका लागि ४६ रनको साझेदारी गरेर कुशल मल्ल आउट भएका थिए । मल्लले १५ रन बनाए ।
बिहानी सत्रमा नेपाली ब्याटरले निकै संघर्ष गर्नु परेको थियो । ओपनर कुशल भुर्तेलल रोयल डक भएका थिए भने तेस्रो नम्बरका ब्याटर अनिल साह पनि ८ रनमा आउट भएका थिए ।
चौथो नम्बरमा ब्यटिङमा आएका कप्तान रोहितकुमार पौडेलले १० बलमा खाता खोलेका थिए । तर उनी अर्को रन थप्न नसकी १३ बलको सामना गरेर बोल्ड भए ।
ओपनर आसिफ शेख ४ रनमा आउट भए । सोमपाली कामीले २ रन बनाए ।
नामिबियाका कप्तान जेरार्ड एरास्मसले ५ विकेट लिए । ८.१ ओभर बलिङ् गरेका उनले मात्र २८ रन दिएका थिए ।
बिहीबार १३२ रनमा अलआउट भएको नेपालको यो एकदिवसीय खेलमा आठौं न्यून स्कोर हो। नेपालको एकदिवसीय खेलमा न्यून स्कोर १०३ रन हो। नेपाल २०२२ मा युएईसँग १०३ रनमा अलआउट भएको थियो।