काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
राष्ट्रियसभामा भाग खोज्दै बिन्ती बिसाउन बालुवाटार धाउँदै ओली !
काठमाडौं । बाघ बरु भोकै मर्छ घाँस खान्न भन्दै ‘फुइँ लाउने’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले हारगुहार गर्न बालुवाटार धाइ रहेका छन् ।
राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनले एक्लै पारेर लपेटेपछि भाग खोज्न गठबन्धनको दैलो चहार्न ओली बाध्य भएका हुन् । चुनावमा मिलेर जाने भनेर सत्तारुढ दलले निर्णय गरेपछि एमाले नेताहरूको दौडधुप बढेको छ। प्रमुख दलका नेता शीर्ष नेता ओली, शेरबहादुर देउवा र प्रचण्डबीचको भेटबार्ता पनि बाक्लिएको छ ।
आगामी माघमा हुने राष्ट्रिय सभाको निर्वाचनमा एमालेलाई शून्य पारेर नजान भन्दै प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समक्ष बिन्ति बिसाएको बुझिएको छ । बुधबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री पचण्डले ओलीको आग्रह बारे ब्रिफिङ गरेका थिए ।
सत्तारुढ दलहरुले राष्ट्रिय सभाको सिट बाँडफाँटका विषयमा सहमति जुटाउन छलफल गरिरहेका छन् । सिट बाँडफाँटबारे समझदारी जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाका नेता छलफलमा जुटेका थिए । त्यही मेसाेमा अलिकति भाग चाहियाे भन्दै ओली पुगेका हुन् । गठबन्धनको अर्को बैठक बिहीबार बस्ने भनिएको छ ।
बुधबार साँझ गठबन्धनको छलफलपछि भागबन्डाको कुराकानी गर्न एमाले अध्यक्ष ओली बालुवाटार पुगेका थिए । सकारात्मक रूपमा छलफल चलिरहेकाे बुझिएकाे छ ।
आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन मिलेर गए एमाले शून्य हुने छ । त्यसपछि अहिले राष्ट्रिय सभामा १७ सदस्यसहित पहिलो शक्ति रहेको एमालेको हैसियत तेस्रोमा खुम्चिने छ । अध्यक्ष खड्क प्रसादकाे नेतृत्व क्षमता मै गम्भीर प्रश्न उठ्ने संकेत देखिएपछि एमाले नेताहरूमा छटपटी देखिँदैछ ।
राष्ट्रिय सभा सदस्यमा पदावधि सकिएपछि २० जना सदस्य अब बिदा हुँदैछन् । बिदा हुनेमध्ये सबैभन्दा धेरै नेकपा एमालेका ८ जना सदस्य रहेका छन् । कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २ र जनता समाजवादी पार्टीका १ तथा स्वतन्त्र निर्वाचित एक जनाको ६ वर्षे पदावधि आगामी फागुन २० देखि सकिँदै छ ।
पदावधि सकिनु एक महिनाअघि चुनाव गर्नुपर्ने संवैधानिक व्यवस्था छ। निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि पुस २३ गते उम्मेदवारी मनोनयन गर्ने मिति तोकेको छ।