What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुनसहित विदेशी नागरिक पक्राउ
What To Know
- यसअघि शुक्रबार प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले रसुवा नाकाबाट आएको दुई किलो अवैध सुन बरामद गरेको थियो । कार्यालयले तीन दिनअघि न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो अवैध सुन समेत बरामद गरेको थियो ।.
- केही समयअघि विमानस्थलको सबै सुरक्षा जाँच पास भएर बाहिरिएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसअघि भेपमा लुकाएर ९ किलो सुन ल्याएको समेत खुलेको थियो । यो मामिलामा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल अहिले पनि थुनामा छन् ।.
काठमाडाैं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट साढे ६ किलोग्राम सुन सहित विदेशी नागरिकलाई पक्राउ गरेको छ।
भन्सार कार्यालय र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको टोलीले गएराति दुबईबाट ल्याइएको ६ किलो ५९० ग्राम सुन सहित इजिप्टका नागरिक मोहम्मद मोगामद लसिमलाई पक्राउ गरेको हो।
विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले दुबईबाट फ्लाई दुबईको उडान नम्बर एफजेड ५९७ बाट आएका सालेहलाई गएराति पक्राउ गरिएको बताए। सुनको कारोबारमा संलग्न अन्य दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्तिको विस्तृत विवरण खुलाइएको छैन। पक्राउ परेेका लसिमले पाउडर बनाएर ल्याएको साढे ६ किलो सुन कार्यालयले बरामद गरेको हो।
यही विमानमार्फत गोरखाका चन्द्र घले १४ किलो सुनसहित बिहीबार ११ः४० बजे अवतरण गरेका थिए । विमानस्थल भन्सार कार्यालयले विशेष सूचनाका आधारमा घलेलाई १४ किलो सुनसहित पक्राउ गरेको थियो ।
यसअघि शुक्रबार प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले रसुवा नाकाबाट आएको दुई किलो अवैध सुन बरामद गरेको थियो । कार्यालयले तीन दिनअघि न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो अवैध सुन समेत बरामद गरेको थियो ।
केही समयअघि विमानस्थलको सबै सुरक्षा जाँच पास भएर बाहिरिएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसअघि भेपमा लुकाएर ९ किलो सुन ल्याएको समेत खुलेको थियो । यो मामिलामा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल अहिले पनि थुनामा छन् ।
सुन प्रकरणको अनुसन्धानका लागि सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्ली आचार्यको नेतृत्वमा छानबिन समिति बनाएको छ । समितिले यी प्रकरणका आरोपीहरुको हाल बयान लिइरहेको छ ।