What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

नेपाली सेनामा भर्ती खुल्याे
काठमाडाैं । नेपाली सेनाले सैन्य पददेखि विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको छ।
सेनाले सूचना प्रकाशन गर्दै सैन्य पदमा ३ हजार जना र सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ४१३ जना कर्माचारी मागेको हो।
देशका विभिन्न ब्यारेकहरूमा पदपूर्ती गर्नका लागी सेनाले ठूलो संख्यामा दर्खास्त आह्वान गरेको हो।
इच्छुक र योग्यता पुगेका व्यक्तिहरूलाई पुस ७ गतेसम्म निर्धारण गरिएको छ।
Laxmi bank
सैन्य पदका लागि नेपाली सेनाको आधिकारी वेबसाइटबाट अनलाइन दरखास्त फाराम भरी उम्मेदवार स्वयंले सो को हार्डकपी प्रिन्टआउट गरी तोकिएको भर्ना केन्द्रमा बुझाउने वा उम्मेदवार स्वयंम भर्ना केन्द्रमा उपस्थित भई फाराम भर्ने र ट्रेडका फलोअर्स पदहरूका लागि उम्मेदवार स्वयम् भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भर्नुपर्नेछ।