काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
गुलियाे मिठार्इकाे तिताे यथार्थ : मानव स्वास्थ्यमा गम्भीर असर पार्ने बस्तु मिसावट
काठमाडाैं । सरकारले काठमाडौंको गौशालास्थित दुई वटा मिठाई पसलमा पनि शिलबन्दी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले बिहिबार मानव स्वास्थ्यमा गम्भिर असर पार्ने खालका बस्तु मिसावट भएको पाइएपछि गौशालास्थित व्यञ्जन मिठाई पसल र अन्नपूर्ण मिठाई पसलमा शिलबन्दी गरेको हो ।
झिंगा, साङला जस्ता मानव स्वास्थ्यमा गम्भिर नोक्सान पु¥याउने खालका बस्तुहरु मिसावट भएको पाइएपछि दुवै मिठाई पसल शिलबन्दी गर्नु परेको विभागका खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीले जानकारी दिनु भयो ।
विभागले यस अघि नयाँबानेश्वरस्थित संगम मिठाई पसलमा पनि अखाद्य बस्तु मिसावट भएको पाइएपछि शिलबन्दी गरेको थियो । खाद्य अनुसन्धान अधिकृत सुवेदीले मानव स्वास्थ्यमा गम्भिर असर पार्ने खालका मिसावट गर्ने उत्पादन, विक्री वितरण केन्द्रमा शिलबन्दी गरी कडा कार्वाही गर्ने चेतावनी पनि दिनु भयो ।
विभागले अनुगमनको क्रममा दुवै मिठाई पसलबाट साङला, झिंगा लगायतका बस्तु मिसिएको करिव १ सय २० केजी मिठाईलगायतका बस्तुहरुको नष्ट पनि गरेको छ ।
दुवै पसललाई खाद्य ऐन अन्तरगत कार्वाही हुने पनि विभागले स्पष्ट पारेको छ । खाद्य ऐन अनुसार गुणस्तरहिन खाद्य बस्तु उत्पादन, विक्री वितरण गर्नेमाथि कम्तीमा ५० हजार जरिवाना र ५ वर्ष कैद सजाय दिने व्यवस्था गरिएको छ ।
सरकारले दसैं, तिहारको अवसर पारेर उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन काठमाडौंलगायत देशभरका मुख्यमुख्य सहरमा अनुगमनको कामलाई तीव्रता दिएको हो ।
उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल हुने गरी अखाद्य बस्तु मिसाएको पाइएमा त्यस्ता बस्तु उत्पादन केन्द्रमाथि कडा कार्वाही हुने पनि विभागका अनुसन्धान अधिकृत सुवेदीले चेतावनी दिनु भयो ।
विभागले यस वर्ष अनुगमनको क्रममा उत्पादन केन्द्रको भौतिक अवस्था, कानुनी पक्ष र त्यसमा प्रयोग गर्ने प्रविधिमाथि पनि कडा निगरानी राखेको छ । सरकारले खाद्य स्वच्छता अभियान अन्तरगत बजार अनुगमनको कामलाई निरन्तरता दिएको हो ।